साउनको दोस्रो सोमबार : पशुपतिनाथसहित शिव मन्दिरहरुमा दर्शनार्थीको भिड
मिति: २०२४-०७-२९ , समय : ०७:२४:३५ , गामघर डेस्क
मिति: २०२४-०७-२९ , समय : ०७:२४:३५ , गामघर डेस्क
गामघर डेस्क
काठमाडौं । आज साउन महिनाको दोस्रो सोमबार, पशुपतिनाथ मन्दिरका साथै मुलुकभरिका शिव मन्दिरमा बिहानैदेखि दर्शनार्थीको भीड लागेको छ ।
साउन महिनाका प्रत्येक सोमबार व्रत बस्ने र शिव मन्दिरहरुमा दूध र जल चढाई पूजा गर्ने प्रचलन छ । यसरी पूजा गरेमा मनोकांक्षा पूरा हुने धार्मिक विश्वास छ ।
साउने सोमबारलाई अत्यन्त शुभ मानिन्छ । यस वर्षको साउन महिनामा चार सोमबार परेका छन् । हरेक सोमबारमा व्रत बसेर महिला र पुरुषहरुले शिवको भक्तिपूर्वक पूजा गर्छन् ।
हरियो, पहेंलो र रातो पहिरनमा सजिएका व्रतालुको घुइँचो काठमाडौंको पशुपति, भक्तपुरको डोलेश्वर, ललितपुरको कुम्भेश्वर, चितवनको देवघाट, खोटाङको हलेसीलगायतका स्थानमा देख्न सकिन्छ ।
प्रकाशित मिति: २०२४-०७-२९ , समय : ०७:२४:३५ , ५ महिना अगाडि