मधेस प्रदेश : नक्कली नोटसहित २ जना युवक पक्राउ

मिति: २०२४-०७-२६ , समय : १२:३१:०० , गामघर डेस्क

तस्बिर : सामाजिक सन्जालबाट

गामघर डेस्क

जनकपुरधाम । नक्कली नोटसहित मधेस प्रदेशको रौटहटबाट २ जना पक्राउ परेका छन् । इलाका प्रहरी कार्यालय चन्द्रनिगाहापुरबाट खटिएको टोलीले बिहीबार राति पौने १० बजेतिर दुई जनालाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेहरुमा सर्लाहीको गोडैता नगरपालिका–८ का ३२ वर्षीय नजरे आलम र सोही ठाउँका २४ वर्षीय इमामुल हक दर्जी छन् । उनीहरुबाट १ हजारका १३ थान नक्कली नोट बरामद गरिएको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता तथा डीएसपी एलिजा गिरीले बताइन् ।

चन्द्रपुर नगरपालिका–१० बालचनपुरस्थित राकुमार महतोले सञ्चालन गरेको महावीर आयल स्टोर्स पेट्रोल पम्प अगाडिबाट बागमती प्रदेश ०२–०२१ प ६३६८ नम्बरको मोटरसाइकलसहित उनीहरुलाई पक्राउ गरिएको हो । यता पक्राउ परेका युवकमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: २०२४-०७-२६ , समय : १२:३१:०० , ६ महिना अगाडि

यहाँ कमेन्ट गर्नुहोस्
सम्बन्धित