जहाज दुर्घटना अपडेट : क्याप्टेनको जीवितै उद्धार, १८ जनाको मृत्युु , सबै सौर्यकै कर्मचारी

मिति: २०२४-०७-२४ , समय : १२:५१:३२ , गामघर डेस्क

तस्बिर : सामाजिक सन्जालबाट

गामघर डेस्क

काठमाण्डाै । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आज बिहान भएको सौर्य एअरलाइन्सको जहाज दुर्घटनामा १८ जनाको ज्यान गएको छ । जहाजका क्याप्टेनको सकुशल उद्धार गरिएको छ ।

दुर्घटना भएको जहाजमा सौर्य एअरलाइन्सकै प्राविधिक र इन्जिनियरहरू रहेका प्रहरीले जनाएको छ । नेपाल प्रहरीका प्रवक्ता दानबहादुर कार्कीले दिएको जानकारीअनुसार जहाजमा १७ जना प्राविधिक र इन्जिनियर तथा दुई जना चालक दलका सदस्य थिए । जहाजका क्याप्टेन मनिष शाक्यलाई उद्धार गरेर केएमसी अस्पतालमा लगिएको पनि उहाँले बताउनुभयो । शाक्यको टाउकोमा चोट लागेको छ । १८ जनाको शव निकालिएको नेपाली सेनाले जानकारी दिएको छ ।

बिहान ११ बजेतिर पोखरा उड्ने क्रममा सौर्य एअरलाइन्सको जहाज धावनमार्ग छाडिसकेपछि भुइँमा बजारिएको हो । भुइँमा बजारिएपछि जहाजमा लागेको आगो निभाइएको छ । इन्जिन परीक्षणका लागि प्राविधिक र इन्जिनियर लिएर जहाज पोखरातर्फ उड्न लागेको बुझिएको छ । उज्यालो

प्रकाशित मिति: २०२४-०७-२४ , समय : १२:५१:३२ , ५ महिना अगाडि

यहाँ कमेन्ट गर्नुहोस्