मधेस प्रदेशमा वेस्यावृत्ति बढदै : वेस्यावृत्तिमा संलग्न ४ महिलासहित ६ जना पक्राउ

मिति: २०२४-०७-१७ , समय : २१:४५:४२ , गामघर डेस्क

फाइल फाेटाे

गामघर डेस्क

जनकपुरधाम । पछिल्लोपटक मधेस प्रदेशका जिल्लामा वेस्यावृत्तिकाे घटनाक्रम बढदै गएको छ । वेस्यावृत्तिमा संलग्न भएको आरोपमा प्रहरीले मधेस प्रदेशको बाराको कलैयाबाट ४ महिलासहित ५ जना र एक रेस्टुरेन्ट संचालकलाई पक्राउ गरेको छ।

बाराको कलैया उपमहानगरपालिका वडा न.५ घुसुकपुरमा सञ्चालित हिमानी रेस्टुरेन्ट तथा पार्टी प्यालेसमा छापा मारेर प्रहरीले ४ जना महिला तथा पर्साको विरगन्ज महानगरपालिका–२९ घर भएका २० बर्षीय युवक र होटेल संचालक कलैया –५, घुसुकपुरका ३० बर्षका श्यामसुन्दर प्रसाद यादवलाई पक्राउ गरेको हो।

पक्राउ परेका महिला र युवकको नाम प्रहरीले खुलाएको छैन। विभिन्न ठाउँबाट महिलाहरू बोलाई आर्थिक प्रलोभनमा पारेर वेश्यावृति गर्ने/गराउने गरेको सूचनाको आधारमा रेस्टुरेन्टमा छापा मारीएको बाराका प्रहरी प्रबक्ता डिएसपी दधिराम न्यौपानेले बताए।

यता पक्राउ परेका व्यक्तिहरूविरुद्ध मानव वेचबिखन तथा ओसारपसार सम्बन्धि कसूरमा मुद्दा दर्ता गरी अदालतबाट सात दिनको म्याद थप गरी अनुसन्धान भईरहेको न्यौपानेले जानकारी दिए ।

प्रकाशित मिति: २०२४-०७-१७ , समय : २१:४५:४२ , ५ महिना अगाडि

यहाँ कमेन्ट गर्नुहोस्
सम्बन्धित