गोली लागेर अमेरिकाका पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प घाइते , एक जनाकाे मृत्युु

मिति: २०२४-०७-१४ , समय : ०८:५०:३० , गामघर डेस्क

तस्बिर : एजेन्सीबाट

गामघर डेस्क

अमेरिका ।
अमेरिकाका पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प गोली लागेर घाइते हुनुभएको छ । अमेरिकाको पेन्सिलभेनियामा चुनावी र्‍यालीलाई सम्बोधन गरिरहेका बेला गोली चल्दा पूर्वराष्ट्रपति ट्रम्पलाई गोली लागेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

गोली चल्दा र्‍यालीमा सहभागी एक जनाको ज्यान गएको छ । गोली हान्ने व्यक्ति अमेरिकी सिक्रेट सर्भिसको कारबाहीमा मारिएका छन् । गोली लागेपछि ट्रम्पलाई सुरक्षाकर्मीले मञ्चबाट सुरक्षित स्थानतर्फ लगेका थिए ।

अमेरिकी राष्ट्रपति जो बाइडेनले अमेरिकामा कुनै पनि हिंसात्मक घटनालाई ठाउँ नदिइने बताउनुभएको छ । पूर्वराष्ट्रपति बाराक ओबामाले पनि घटनाको निन्दा गर्नुभएकाे छ । एजेन्सी

प्रकाशित मिति: २०२४-०७-१४ , समय : ०८:५०:३० , ५ महिना अगाडि

यहाँ कमेन्ट गर्नुहोस्
सम्बन्धित