त्रिशूली नदीमा बस बेपत्ता अपडेट : पहिरोमा बेपत्ता बस र ६५ जना यात्रुको खोजी चल्दै (तस्बिर सहित)

मिति: २०२४-०७-१२ , समय : ०९:५८:०७ , गामघर डेस्क

तस्बिरहरु : सशस्त्र प्रहरी बल

गामघर डेस्क

काठमाण्डौ । नारायणगढ–मुग्लिन सडकको सिमलतालमा लेदोसहितको पहिरोले बगाउँदा बेपत्ता भएको दुई वटा बस र त्यसमा रहेका यात्रुको खोजी भइरहेको छ । पहिरोले बगाउँदा बस त्रिशूली नदीमा बेपत्ता भएको र ती बसमा चालकसहित झण्डै ६५ जना यात्रु रहेका प्रहरीले जनाएको छ ।

घटनास्थलमा पुग्नुभएका चितवनका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवकाअनुसार आज बिहान साढे ३ बजे दुईवटा बस त्रिशूलीमा खसेका हुन् । उहाँका अनुसार काठमाण्डौबाट रौतहटको गौरको लागि छुटेको गणपति डिलक्स र वीरगञ्जबाट काठमाण्डौको लागि छुटेको एञ्जल बस त्रिशूलीमा खसेका हुन् ।

गौर जाँदै गरेको बसमा ४१ र काठमाण्डौ जाँदै गरेको बसमा २४ जना यात्रु रहेका प्रहरीको प्रारम्भिक अनुमान छ । तर यकिन विवरण थाहा भैनसकेको र खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता डीएसपी भेषराज रिजालले जानकारी दिनुभयो ।

प्रकाशित मिति: २०२४-०७-१२ , समय : ०९:५८:०७ , ५ महिना अगाडि

यहाँ कमेन्ट गर्नुहोस्
सम्बन्धित