उपराष्ट्रपतिको चुनावमा उम्मेदवारी फिर्ता लिएको प्रमिलाकुमारी यादवको घोषणा

मिति: २०२३-०३-१३ , समय : १७:०६:०२ , गामघर डेस्क

फाइल फाेटाे

गामघर डेस्क

काठमाण्डाै । जनता समाजवादी पार्टी (जसपा) की सांसद प्रमिलाकुमारी यादवले उपराष्ट्रपतिको चुनावमा उम्मेदवारी फिर्ता लिएको घोषणा गर्नुभएको छ ।

आज साेमवार एक प्रेस विज्ञप्ति निकालेर यादवले प्राविधिक कारणले उम्मेदवारको सूचीमा नाम रहेको भन्दै आफूले फिर्ता लिएको घोषणा गर्नुभएको हो । उहाँले उपराष्ट्रपतिका उम्मेदवार रामसहाय यादवलाई सघाउने पनि बताउनुभएको छ ।

जसपाबाट रामसहाय यादव पनि उपराष्ट्रपतिमा उम्मेदवार हुनुहुन्छ । त्यस्तै नेकपा एमालेबाट अष्टलक्ष्मी शाक्य र जनमत पार्टीबाट ममता झा उपराष्ट्रपतिका उम्मेदवार हुनुहुन्छ ।

प्रमिलाकुमारी यादवले उम्मेदवारी फिर्ता लिएको घोषणा गरे पनि उम्मेदवारको सूचीमा भने यथावत् रहनेछ । निर्वाचन अधिकृतको कार्यालयले फागुन २८ गते उम्मेदवारी फिर्ता लिने समय तोकेको थियो । कसैले उम्मेदवारी फिर्ता नलिएपछि फागुन २८ गते बेलुकी आयाेगले उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरिसकेको छ । उपराष्ट्रपतिको चुनाव आउँदो चैत ३ गते शुक्रवार हुँदैछ ।

प्रकाशित मिति: २०२३-०३-१३ , समय : १७:०६:०२ , २ वर्ष अगाडि

यहाँ कमेन्ट गर्नुहोस्
सम्बन्धित