महिलालाई धारिलो हतियार प्रहार गरि फरार रहेका रुपेश सदा पक्राउ
मिति: २०२४-०७-०७ , समय : ०९:४९:०२ , गामघर डेस्क
मिति: २०२४-०७-०७ , समय : ०९:४९:०२ , गामघर डेस्क
गामघर डेस्क
राजविराज ।
महिलालाई धारिलो हतियार प्रहार गरी फरार एक जनालाई प्रहरीले पक्राउ गरेको छ। सप्तरी राजविराज नगरपालिका घर भइ हाल झापाको कमल गाउँपालिका ६ मा कोठा गरी बस्ने ४१ वर्षीय रुपेश सदाले सोही ठाउँकी ३१ वर्षीय सुमित्रा ऋषिदेवलाई धारिलो हतियार प्रहार गरेका हुन् ।
धारिलो हतियार प्रहारबाट सुमित्राको टाउको र दुवै हातमा गम्भीर चोट लागेको छ। उनलाई घाइते बनाएर फरार सदालाई दमक प्रहरीले सप्तरीको बिष्णुपुरबाट नियन्त्रणमा लिएको हो। यता घटनास्थलबाट प्रहरीले एक थान छुरी, एक थान खुकुरी र एक थान रड बरामद गरेको छ। घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
प्रकाशित मिति: २०२४-०७-०७ , समय : ०९:४९:०२ , ५ महिना अगाडि