पकरी गोठ सोनरा मा.वि.को अभिभावक भेला

मिति: २०२३-०३-१३ , समय : १७:००:२४ , गामघर डेस्क

तस्बिर : सामाजिक सन्जालबाट

गामघर डेस्क

राजविराज । श्री नर बहादुर थापा जनता मा.वि.पकरी गोठ सोनराको अभिभावक भेलाको एक कार्यक्रम विच महादेवा गाउँपालिकाका अध्यक्ष सुनिल कुमार मण्डलले सोमवार उद्याटन गर्नु भयो ।

विधालय ब्यवस्थापन समितिका अध्यक्ष् संन्तोष कुमार यादवको अध्यक्षतामा अभिभावक भेलाको उद्याटन कार्यक्रममा प्रमुख अतिथिको आसनबाट गापा अध्यक्ष मण्डलले बिधार्थीको पठन पाठनमा गुणस्तर बढाउनमा आफनो सहयोग रहने बताउनु भयो । उहाँले बिधालयका भौतिक संरचना निर्माणसंगै शिक्षकको दरबन्दि अनुसार पद पुर्ति गरेर शैक्षिक सुधार गरेर बिधार्थीको गुणस्तरीय शिक्षा प्रदान ्गर्न विधालय प्रशासनसग आग्रह गर्नुभयो । सोही कार्यक्रममा गापा उपाध्यक्ष अर्चना कुमारी यादवले छात्रालाई उच्च शिक्षा प्रदान गरेर आत्मनिर्भर बनाउनमा अभिभाबकसंग आग्रह गरिन । मधेसमा महिलाहरु दाइजोको कारण मृत्युवरण गर्नु परेकोले उनीहरुलाई रोजगारी सहितको शिक्षामा जोड दिईन । कार्यक्रममा महादेवा गापाका १ का वडाध्यक्ष जयश्वर किशोर दास,लोसपाका युवा नेता सुरेन्द्र प्रसाद यादव,उपेन्द्र प्रसाद मण्डल,बासुदेव यादव,कृष्णदेव मण्डल,शिवनारायण राम,बीरेन्द्र गौईत,शशीकुमार यादव,मो.डोमन,हरिनारायण यादव,ललित यादव,दिलिप यादव लगायतले विधालयमा गर्नु पर्ने कामको बारैमा आ आफनो विचार ब्यक्त गर्नु भयो । विधालयका प्रधानाध्यापक नागेन्द्र प्रसाद सिंहले आ.व. २०७९÷०८०को हालसम्म आय १३६६६३४.८४ब्यय ४९६५५१.६१ भएको बताउदै कक्षा ९का १ सय आठ जना विधार्थीलाई झोला ,ज्यामिट्री बक्स वितरण सोही कार्यक्रमा गापा अध्यक्ष मण्डल मार्फत वितरण गरेको जानकारी दिनुभयो ।

प्रकाशित मिति: २०२३-०३-१३ , समय : १७:००:२४ , २ वर्ष अगाडि

यहाँ कमेन्ट गर्नुहोस्