सप्तरीका स्थानीय तहहरुमा व्यापक भ्रष्टाचार : कमिशन दिनेको काम पहिले अरुलाई विश्राम….
मिति: २०२४-०७-०४ , समय : २१:१९:४३ , गामघर डेस्क
मिति: २०२४-०७-०४ , समय : २१:१९:४३ , गामघर डेस्क
गामघर डेस्क
राजविराज
सप्तरीका स्थानीय तहहरुमा बिना घुस अर्थात् कमिसनकाे काम हुदैन भन्ने कुरा त सबैलाई थाहै छ , ठिक अहिले असार समान्तकाे समाप्तिमा अधिकाश पालिकाहरुकाे यस्तै हाल छ । सप्तरीको १८ पालिकामा देखिएका भुक्तानी लिने कुम्भ मेला झै भिडमा पहिले कमिशन दिनेको काम अरुलाई भोली पर्सी भन्दै विश्राम दिने गरेको जनगुनासो रहेका छन् ।
स्थानिय तह ऐन अनुसार असार १० गते भित्र पालिकाले निति तथा कार्यक्रम ल्याई अगामी आर्थिक वर्षमा खर्च गर्नु पर्नै प्रावधान गरे पनि वर्षको ११ महिनामा ५ प्रतिशत समेत बजेट खर्च नगरेको असारमा कार्यालयमा भुक्तानी लिनेको कुम्भ मेला लाग्ने गरेको तिरहुत गाउँपालिका ४ का एक स्थानियले बताए । पालिकामा अहिले प्रमुख, योजना, लेखा र केही शाखाका कर्मचारीहरु दिन राती कार्यालयमा खाना नास्ताको मेस नै संचालन गरेर काम गरि रहेको ति स्थानियले बताए ।पालिकामा ति कर्मचारीहरु कमिशन आउनेको काम राती राती गर्नै गरेको र दिन भरि अरुको फाईल मिलाई राखि भोली पर्सी आउनु भनि फकाउर्नै गरेको बताए ।
पालिकाले ११ महिनामा ५ प्रतिशत मात्र बजेट खर्च गर्न सकिने र एक महिनामा सबै रकम सकिनुले कागजी मिलान गरि रकम हजन गर्नै गरेको स्थानिहरुले आरोप लगाएका छन् । श्रोतको अनुसार पालिकाले अन्तिम समयमा बढी कमिशन आउन कोटेशनबाट अधिकाशं काम गराउने गरेको बताए । पालिका कतिपय चलाक प्रमुख प्रशासकिय अधिकृत र लेखापाले आफ्नै व्याक्तिको नाउँमा फर्म संचालन गरि भुक्तानी लिने गरेको श्रोतको दावी रहेका छन् । कतिपय प्रमुख र लेखापालले आफ्नै श्रीमतिको नाउँमा सप्लार्यस फर्म संचालन गरि भुक्तानी लिने गरेको श्रोतको दावी रहेका छन् ।
यसरी जनताका लागि आउने रकममा कर्मचारीको रजाईले कराडौको रकम खर्चिए पनि स्थानिय सर्वसाधारण अझै दुःख भोगि रहेको जनगुनासो रहेका छन् । राजविराज टुडे
प्रकाशित मिति: २०२४-०७-०४ , समय : २१:१९:४३ , ६ महिना अगाडि