सप्तरीकाे महादेवाको १० औं तथा अग्नीसाईर कृष्णासवरण गाउँपालिकाको १३ औं गाउँसभा सम्पन्न

मिति: २०२४-०६-२४ , समय : २०:५२:५० , गामघर डेस्क

तस्बिर : सामाजिक सन्जालबाट

गामघर डेस्क

राजविराज ।
सप्तरीको महादेवा गाउँपालिकाको १० औं गाउँसभा सम्पन्न भएको छ । महादेवा गाउँपालिकाका अध्यक्ष सुनिल कुमार मण्डलको अध्यक्षता तथा जेष्ठ नागरीक सिताराम मण्डलको प्रमुख आतिथ्यमा सोमबार आयोजित एक समारोहका वीच गाउँसभा सम्पन्न भएको हो ।
सभामा गाउँपालिका अध्यक्ष मण्डलले आ.व. २०८१/०८२ को बजेट नीति तथा कार्यक्रम प्रस्तुत गर्नु भयो ।
प्रस्तुत बजेट, नीति तथा कार्यक्रममा कृषि, शिक्षा ,स्वास्थ्य र सार्वजनिक जग्गा तथा सम्पत्तिको संरक्षण,सम्बर्द्धनलाई प्राथमिकता दिएको छ ।
गाउँपालिकाको सबै स्थानमा कृषि विधुतीकरणको पहुँच पु¥याउने तथा कृषि क्षेत्रमा लगानी बढाउंँदै उत्पादन वृद्धि गर्ने, शिक्षा क्षेत्रको विकासका लागी शिक्षक नियुक्ति तथा सरुवा प्रक्रियालाई प्रभावकारी बनाउने, गाउँपालिका अन्तर्गतको सार्वजनिक जग्गा तथा सम्पत्तिहरुको संरक्षण गरी उपयोगमा ल्याउने प्रस्तुत बजेट,नीति तथा कार्यक्रममा जोड दिइएको छ ।
कार्यक्रममा वडा नम्बर १ का वडाध्यक्ष जयश्वर किशोर दास,वडा नम्बर २ का वडाध्यक्ष जागेश्वर ईसर, वडा नम्बर ३ का वडाध्यक्ष राम कुमार यादव, वडा नम्बर ४ का वडाध्यक्ष जुगेश्वर साह, वडा नम्बर ५ का वडाध्यक्ष हरेराम मण्डल, वडा नम्बर ६ का वडाध्यक्ष गजेन्द्र मण्डल,कोशलेन्द्र यादव,लोकेन्द्र नायक,सुरेन्द्र यादव,अशोक मण्डल,बासुदेव यादव,विजय राउत,अमरलाल मण्डल लगायतले शुभकामना मन्तव्य व्यक्त गर्नु भयो ।
स्थानिय पञ्चदेव खंगद्वारा संचालित कार्यक्रम स्वागत प्रमुख प्रशासकीय अधिकृत राम लखन यादवले गर्नु भयो ।
यसैविच जिल्लाको अग्नीसाईर कृष्णासवरन गाउँपालिकाको १३ औं गाउँसभा सम्पन्न भएको छ । अग्नीसाईर किष्णासवरन गाउँपालिकाका अध्यक्ष दिनानाथ चौधरीको अध्यक्षता तथा जिल्ला समन्वय समिति सप्तरीका प्रमुख शिव नारायण साहको प्रमुख आतिथ्यमा सोमबार आयोजित एक समारोहका वीच गाउँसभा सम्पन्न भएको हो ।
सभामा गाउँपालिका उपाध्यक्ष कल्पना कुमारी चौधरीले ६० करोड २४ लाख ४७ हजार रुपियाँको बजेट नीति तथा कार्यक्रम प्रस्तुत गरिन ।
जस अनुसार पुंजीगत वित्तीय समानिकरण अन्तर्गत ४३ करोड ३० लाख ४७ हजार र पुंजीगत चालुतर्फ १६ करोड ४४ हजार विनियोजन गरिएको छ ।
प्रस्तुत बजेट, नीति तथा कार्यक्रममा कृषि, शिक्षा र सार्वजनिक जग्गा तथा सम्पत्तिको संरक्षण,सम्बर्द्धनलाई प्राथमिकता दिएको छ ।
गाउँपालिकाको सबै स्थानमा कृषि विधुतीकरणको पहुँच पु¥याउने तथा कृषि क्ष्रेत्रमा लगानी बढाउंँदै उत्पादन वृद्धि गर्ने, शिक्षा क्षेत्रको विकासका लागी शिक्षक नियुक्ति तथा सरुवा प्रक्रियालाई प्रभावकारी बनाउने, बहुचर्चित इटहर्वा बजारको जग्गासहितका पालिका अन्तर्गतको सार्वजनिक जग्गा तथा सम्पत्तिहरुको संरक्षण गरी उपयोगमा ल्याउने प्रस्तुत बजेट,नीति तथा कार्यक्रममा जोड दिइएको छ ।
उक्त कार्यक्रममा वडा नम्बर १ का अध्यक्ष सवजुल खलिफा, वडा नम्बर २ का अध्यक्ष पशुपति प्रसाद चौधरी, वडा नम्बर ३ का अध्यक्ष गोपाल प्रसाद चौधरी, वडा नम्बर ४ का अध्यक्ष तेज नारायण यादव, वडा नम्बर ५ का अध्यक्ष हरि खंग, वडा नम्बर ६ का अध्यक्ष अशोक कुमार आचार्य, महुली सामुदायिक विकास केन्द्र बकधुवाका अध्यक्ष श्यामकान्त चौधरीलगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।
यता प्रशासन शाखा प्रमुख योगेन्द्र प्रसाद यादवद्वारा संचालित कार्यक्रम स्वागत प्रमुख प्रशासकीय अधिकृत धिरेन्द्र प्रसाद यादवले गरेका थिए ।

प्रकाशित मिति: २०२४-०६-२४ , समय : २०:५२:५० , ७ महिना अगाडि

यहाँ कमेन्ट गर्नुहोस्
सम्बन्धित