सप्तरीमा म्याजिककाे ठक्करबाट पैदल यात्री गम्भीर घाइते
मिति: २०२३-०२-२२ , समय : ०८:०८:४९ , गामघर डेस्क
मिति: २०२३-०२-२२ , समय : ०८:०८:४९ , गामघर डेस्क
गामघर डेस्क
सप्तरी । सप्तरीकाे कंचनरुप नगरपालिका वडा न. ४ धनकट्टा टोल कोशिबाँधको मोडमा म्याजिककाे ठक्करबाट एक जना पेदल यात्रि घाइते भएको छ । उतर बाट दक्षिण तर्फ जादै गरेको को.१ज १६३१ नं.को म्याजिकले सोही दिशा तर्फ जादै गरेको पैदल यात्रिलाइ ठक्कर दिंदा पैदल यात्री साेहि ठाउका ५० बर्षिय राजाराम मुखिया घाइते भएको हाे । दुर्घटनामा मुखियाको दुवै खुट्टामा गम्भीर चोट लागेको तथा इलाका प्रहरि कायार्लय कन्चनपुरको टोलीले उद्दार गरि उपचारको लागि स्थानिय धर्मेश्वर अस्पताल ठेलिया सप्तरीमा पठाईएको जिल्ला प्रहरी कार्यालय सप्तरीका डिएसपि एव प्रबक्ता नरेश कुमार सिहले जानकारी दिनुभयो । यता ठक्कर दिने म्यजिक र चालक प्रहरीकाे नियन्त्रणमा रहेको तथा घटनाको थप अावश्यक अनुसन्धान कार्य भइरहेको सप्तरी प्रहरीले जनाएको छ ।
प्रकाशित मिति: २०२३-०२-२२ , समय : ०८:०८:४९ , 2 years अगाडि