सप्तरीको बनौलीमा दशरथ ठाकुरको १७ औ स्मृती दिवस मनाइयो

मिति: २०२४-०६-११ , समय : १९:४९:०३ , गामघर डेस्क

तस्बिर : सामाजिक सन्जालबाट

गामघर डेस्क

राजविराज ।
सप्तरीको अग्नी साईर कृष्णा सवरण गाउँपालिका वडा न.४ बनौलीमा दशरथ ठाकुरको १७ औ स्मृती दिवस एक कार्यक्रम विच मनाइएको छ । नेपाल कम्यनिष्ट पार्टी(माओवादी केन्द्र) अग्नी साईर कृष्णा सवरण गाउँपालिकाको आयोजनामा बनौली गाउँमा दशरथ ठाकुरको १७ औ स्मृती दिवस मंगलवार मनाइएको हो । ने.क.पा. (माओवादी केन्द्र) अग्नी साईर कृष्णा सवरण गाउँपालिका –४ न.ं वडा पार्टीका अध्यक्ष मो.किसमत मंसुरीको अध्यक्षता तथा पार्टीका बैकल्पिक केन्द्रिय सदस्य असर्फी सदाको प्रमुख आतिथ्यमा सम्पन्न दशरथ ठाकुरको १७ औ स्मृती दिवस कार्यक्रममा पार्टीका जिल्ला अध्यक्ष छेदी रजक(बिमल),उपाध्यक्ष भागवत यादव,सचिव बेचन प्रसाद चौधरी, अग्नी साईर कृष्णा सवरण गाउँपालिका कार्यपालिका सदस्य कपिल सरदार,श्री प्रसाद मण्डल,रामदेव यादव,डम्बर सरदार लगायतले शहीद दशरथ ठाकुरले पार्टीको लागी गरेको योगदानको बारैमा आ आफनो विचार ब्यक्त गरेका थिए । सप्तरीको अग्नी साईर कृष्णा सवरण गाउँपालिका –४ बनौली स्थित टोका वन भन्ने स्थानमा २०६४ साल जेठ २९ गते का दिन स्थानिय अततायी एक समुहले गोली हानेर दशरथ ठाकुरको हत्या गरेको थियो । यसै विच शहीद ठाकुरको १७ औ स्मृती दिवसको अवसरमा राजविराज स्थित नेता (शहिद दशन) चौकमा दिप प्रज्वलन समेत गरेको पार्टीले जनाएको छ ।

प्रकाशित मिति: २०२४-०६-११ , समय : १९:४९:०३ , ६ महिना अगाडि

यहाँ कमेन्ट गर्नुहोस्