जसपा नेपालको राष्ट्रिय महाधिवेशन सुरु : देशभरबाट एक हजार तीन सय प्रतिनिधि सहभागी ( तस्बिर सहित )
मिति: २०२४-०६-१० , समय : २१:४१:५० , गामघर डेस्क
मिति: २०२४-०६-१० , समय : २१:४१:५० , गामघर डेस्क
गामघर डेस्क
जनकपुरधाम । मधेस प्रदेशको राजधानी जनकपुरमा जनता समाजवादी पार्टी (जसपा) नेपालको राष्ट्रिय महाधिवेशन सुरु भएको छ । सोमबारदेखि जनकपुरमा जसपा नेपालको राष्ट्रिय महाधिवेशन सुरु भएको हो ।
महाधिवेशनमा देशभरबाट एक हजार तीन सय प्रतिनिधि सहभागी भएको जसपा नेपालले जनाएको छ ।
महाधिवेशनमा राजनीतिक, वैचारिक, नीतिगत दस्ताबेज पारित गरिने छ । यस्तै महाधिवेशनबाट नयाँ नेतृत्वका लागि जेठ ३० गते चुनावी प्रक्रिया सुरु हुने छ ।
महाधिवेशनमा नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, नेकपाका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’लगायतका नेताहरू सहभागी रहेका छन् ।
जसपा नेपालबाट अशोक राई सहितका ७ सांसदले पार्टी विभाजन गरी जसपा गठन गरेका छन् ।
प्रकाशित मिति: २०२४-०६-१० , समय : २१:४१:५० , 10 months अगाडि