नेपाल प्रहरी श्रीमति संघ मधेस प्रदेशले सप्तरीको चिम्टिका अग्नी पिडितलाई राहत वितरण

मिति: २०२४-०६-०९ , समय : २२:४९:२० , गामघर डेस्क

तस्बिर : गामघर टिभिबाट

गामघर डेस्क

राजविराज । सप्तरीको महादेवा गाउँपालिका आगलागी पीडित परिवारलाई राहत वितरण गरेको छ । आगलागीमा सर्वस्व गुमाएका आगलागी पीडित परिवारहरू नेपाल प्रहरी श्रीमति संघ मधेस प्रदेशले जिल्लाको महदेवा गाउँपालिका वडा न.१ चिम्टीका ४६ अग्नि पीडितहरूलाई चामल,दाल,चिउरा,खानेतेल,चप्पल लगायत वितरण गरेको हो ।
नेपाल प्रहरी श्रीमति संघ मधेस प्रदेशका अध्यक्ष गरिमा कुमारी पोखरेलले एक कार्यक्रम विच ४६ जना अग्निपीडित परिवारजनलाई वितरण गरिएको हो । उहाँले सेवा नै धर्म हो भन्ने आदर्श वाक्यलाई आत्मसात गरी नेपाल प्रहरी श्रीमति संघ आफनो सथापना कालदेखि नै अनवरत रुपमा मानविय सेवामा समर्पित हुदै आएको बताईन । यो सधं निस्वार्थ भावले विभिन्न किसिमका सामाजिक तथा मानव कलयाणकारी कार्यहरुमा अनवरत रुपमा लागी रहेको बताईन ।
राहत वितरण कार्यक्रममा मधेस प्रदेश प्रहरी कार्यालय प्रमुख प्रहरी नायव महानिरिक्षक यज्ञ विनोद पोखरेल, नेपाल प्रहरी श्रीमति संघ मधेस प्रदेशका उपाध्यक्ष मिना गुरुङ्, नेपाल प्रहरी मधेस प्रदेश कार्यालय प्रमुख वरिष्ठ उपरीक्षक सुरेन्द्र बहादुर गुरुङ्, मधेस प्रदेस प्रहरी तालिम केन्द्र राजविराजका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक गोपाल चन्द्र भटराई ,सप्तरी कार्यालय प्रमुख प्रहरी उपरीक्षक गजुसिद्धी बज्राचार्य, महादेवा गाउँपालिकाका अध्यक्ष सुनिल कुमार मण्डल, उपाध्यक्ष अर्चनाकुमारी यादव, सो वार्डका वडाध्यक्ष जयश्वरकिशोर दास लगायतकाले राहत वितरण गर्नुभएको थियो । गत वैशाख १८ भीषण आगलागी हुँदा चिम्टीका ४६ परिवारका एक सयभन्दा बढी घर जलेर खरानी भएको थियो ।

प्रकाशित मिति: २०२४-०६-०९ , समय : २२:४९:२० , ७ महिना अगाडि

यहाँ कमेन्ट गर्नुहोस्
सम्बन्धित