कोशी प्रदेश नाम खारेजीको माग गर्दै विराटनगरमा राजेन्द्र महतो समूहको बृहत् प्रदर्शन
मिति: २०२४-०६-०८ , समय : २०:४३:०८ , गामघर डेस्क
मिति: २०२४-०६-०८ , समय : २०:४३:०८ , गामघर डेस्क
गामघर डेस्क
विराटनगर । राजेन्द्र महतो नेतृत्वको राष्ट्रिय मुक्ति क्रान्ति सम्बद्ध कोच-मधेश ब्यूरोले कोशी प्रदेश नामकरण खारेजीको माग गर्दै शनिबार विराटनगरमा बृहत् प्रदर्शन गरेको छ ।
विराटनगर बजार परिक्रमा गरी महेन्द्रचौकमा टेम्पु र्यालीसहितको विरोधसभामा सम्बोधन गर्दै संयोजक महतोले एकल राष्ट्रिय राज्यको चरित्र बद्लेर बहुल राष्ट्रिय राज्यको स्वरुप धारण नगरेसम्म आम नागरिकले परिवर्तनको महसुस गर्न नसक्ने बताए ।
मधेशी, लिम्बु, राई, कोचले पहिचान मागेकाले त्यसै अनुसार नयाँ नाम राख्नुपर्ने र कोशी खारेज गर्नुपर्ने उनले बताए । सभालाई सम्बोधन गर्दै नेता केशव झाले कोशी प्रदेशको नामकरण मात्रै होइन सीमांकन पनि त्रुटिपूर्ण रहेको बताए ।
उक्त कार्यक्रममा कमला गुरुङ, राजीव झा, सुमन सायमी, सन्तोष मेहता, सीएन थारु, चन्द्रप्रसाद राजवंशी बुद्धछिरिङ मोक्तान, केवल राई, दिपेन्द्र चौधरी, चुन्नि खातुन, सनम लिम्बु, सत्यनारायण साह लगायतका नेताहरुले सम्बोधन गरेका थिए ।
प्रकाशित मिति: २०२४-०६-०८ , समय : २०:४३:०८ , ७ महिना अगाडि