लाेकसभा चुनाव : प्रारम्भिक मतपरिणाम अनुसार भाजपा एक्लैको बहुमत पुग्ने सम्भावना कम , मोदीले बाराणसीमा जिते चुनाव

मिति: २०२४-०६-०४ , समय : १८:३६:४७ , गामघर डेस्क

तस्बिर : एजेन्सीबाट

गामघर डेस्क

भारत ।
भारतमा जारी लोकसभाको मतगणनाले भारतीय जनता पार्टी (भाजपा) एक्लैले बहुमत नल्याउने सम्भावना बढेको छ ।

यो चुनावमा भाजपाले चार सय सिटभन्दा धेरै ल्याएर संविधान संशोधनको समेत एजेन्डा अघि सारेको थियो । तर आज भइरहेको मतगणनाअनुसार भाजपा एक्लैले दुई सय ३३ सिटमा अग्रता लिएको छ । भाजपा नेतृत्वको ‘नेशनल डेम्रोक्र्याटिक अलाइन्स’ (एनडीए) ले भने दुई सय सय ९१ सिटमा अग्रता लिइरहेको छ ।

यस्तै भारतीय कांग्रेस एक्लै ९७ सिटमा अघि रहेको छ । कांग्रेस नेतृत्वको इन्डिया गठबन्धनले दुई सय ३५ सिटमा अग्रता लिएको छ । पाँच सय ४२ सिटका लागि भएको चुनावमा बहुमत हासिल गर्न दुई सय ७२ सिट आवश्यकता पर्छ । भारतीय निर्वाचन आयोगका अनुसार पाँच सय ४३ लोकसभा सिटमध्ये गुजरातको सूरत लोकसभा सिटबाट भाजपाका मुकेश दलाल यसअघि नै निर्वाचित भइसक्नुभएको छ ।

मतगणनामा देखिएको अग्रताअनुसार भाजपा एक्लैले बहुमत ल्याउन नसक्ने देखिएको छ । यदि भाजपासँगै गठबन्धन गरेका एनडीएका साना दलले साथ छाडेमा कांग्रेस नेतृत्वको इन्डिया गठबन्धनको सरकार बन्न सक्ने आकलन पनि शुरु भएको छ ।

गएको अप्रिल १९ तारिखदेखि शुरु भएको मतदान सात वटा चरणमा गरी गएको शनिवार सकिएको थियो ।

यता भारतका प्रधानमन्त्री नरेन्द्र मोदी लोक सभा सदस्यमा निर्वाचित भएका छन् ।

बाराणसी क्षेत्रमा उम्मेदवार बनेका मोदीले कांग्रेस प्रदेश अध्यक्ष अजय राईलाई १ लाख ५२ हजार मतान्तरले पराजित गरेका हुन् । उनी यही क्षेत्रबाट तेस्रो पटक चुनिएका हुन् ।

तर उनको मतान्तर भने घटेको छ । २०१९ मा मोदी ४ लाख ७९ हजार ५०५ मतान्तरले विजयी भएका थिए ।

मोदीको दल भारतीय जनता पार्टी (भाजपा) भने बहुमत ल्याउन असफल भएको छ ।

जारी मत गणनामा भाजपा २४३ सिटमा अगाडि छ । एनडीए गठबन्धन भने २९३ सिटमा अगाडि छ । एजेन्सी

प्रकाशित मिति: २०२४-०६-०४ , समय : १८:३६:४७ , ६ महिना अगाडि

यहाँ कमेन्ट गर्नुहोस्
सम्बन्धित