अख्तियार दुरुपयोग अनुसन्धान आयाेगमा मधेस प्रदेशको सप्तरीबाट सबैभन्दा बढी उजुरी
मिति: २०२४-०६-०४ , समय : १८:२२:३३ , कृष्णा मण्डल
मिति: २०२४-०६-०४ , समय : १८:२२:३३ , कृष्णा मण्डल
कृष्णा मण्डल
राजबिराज ।
अख्तियार दुरुपयोग अनुसन्धान आयाेग इटहरी शाखामा मधेस प्रदेशको सप्तरीबाट सबैभन्दा बढी उजुरी परेको छ ।
मंगलबार सप्तरीको राजगढ गाउँपालिकामा भ्रष्टाचार नियन्त्रण तथा सुशासन प्रवर्द्धन सम्बन्धि सम्पन्न पालिका स्तरीय अन्तरक्रिया कार्यक्रममा यस्तो कुरा सार्वजनिक भएको हाे ।
आर्थिक वर्षको ०७९/०८० मा सप्तरीबाट ३ सय ५९ वटा उजुरी परेको छ । जसमा राजगढ गाउँपालिका बाट १४ वटा परेको छ । जसमध्ये ५ वटा फर्छयाेट भएको छ भने ९ वटा बाँकी रहेको अख्तियार दुरुपयोग अनुसन्धान आयाेग इटहरी शाखाकाे प्रहरी निरिक्षक सन्तोष कुमार रायले जानकारी दिएका छन् ।
अख्तियार दुरुपयोग अनुसन्धान आयाेग इटहरी शाखाकाे आयोजनामा प्रमुख आतिथ्यकाे रुपमा राजगढ गाउँपालिकाकाे अध्यक्ष ओैमप्रकाश मण्डलले राजगढ गाउँपालिकालाई भ्रष्टाचार रहित बनाउने प्रतिबद्धता समेत जनाएको छ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयाेग इटहरी शाखाकाे डिएसपी खगेन्द्र बहादुर खडकाको अध्यक्षता, राजगढ गाउँपालिकाकाे उपाध्यक्ष रेणु कुमारी मण्डल र प्रमुख प्रशासकीय अधिकृत रमेश यादवकाे विशेष आतिथ्यमा सम्पन्न अन्तरक्रिया कार्यक्रममा पालिकाका जनप्रतिनिधि, कर्मचारी र सञ्चारकर्मीहरुकाे समेत उल्लेखनीय सहभागीता रहेको थियो ।
प्रकाशित मिति: २०२४-०६-०४ , समय : १८:२२:३३ , 11 months अगाडि