सप्तरीमा ट्र्याक्टर पल्टिँदा दुई जनाको मृत्युु , २२ जना घाइते
मिति: २०२४-०६-०२ , समय : १३:५५:५९ , गामघर डेस्क
मिति: २०२४-०६-०२ , समय : १३:५५:५९ , गामघर डेस्क
गामघर डेस्क
राजविराज । सप्तरीमा ट्र्याक्टर पल्टिँदा दुई जनाको मृत्युु भएको छ । भन्ने दुर्घटनामा अन्य २२ जना घाइते भएका छन् । हिजो बेलुका
सप्तरीको कञ्चनपुर–राजविराज हुलाकी सडक खण्डमा पर्ने सुब्बाटोलमा स.१ त ६२९५ नम्बरको ट्र्याक्टर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
मृत्युु हुनेहरुमा सिरहाको लहान नगरपालिका वडा नम्बर–१९ घर भएका मोहम्मद इसाद र सप्तरीको कञ्चनरुप नगरपालिका वडा न.७ का सुशिल राम रहेका छन् । राजविराजबाट आँप लिएर कञ्चनपुरतर्फ गुडिरहेको ट्र्याक्टर सडकबाट झन्डै १० मिटर तल खसेको हो ।
यता घाइतेमध्ये आठ जना उपचारपछि घर फर्किएका छन् । १४ जनाको स्थानीय अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
प्रकाशित मिति: २०२४-०६-०२ , समय : १३:५५:५९ , 11 months अगाडि