सप्तरीमा स्थानिय तहहरुमा अनुदानकाे धान विउ वितरणमा व्यापक अनियमिता

मिति: २०२४-०५-३० , समय : २३:१३:२५ , गामघर डेस्क

तस्बिर : सामाजिक सन्जालबाट

गामघर डेस्क

राजविराज ।
स्थानिय तहले सर्वसाधारण किसानका लागि अनुदानमा वितरण गरिने धान विउमा व्यापक अनियमिता भएको जनगुनासो रहेका छन् ।
पालिकाहरुले सर्वसाधारण किसानहरुका लागि ५० प्रतिशत अनुदानमा दिईने विभिन्न उन्नत जातका धान विउ गाउँघरमा पाईने धान नै रहेको किसानहरुले गुनासो रहेका छन् ।पालिकाले अनुदानमा दिईने धान विउ वितरण गरिने फर्मले कुनै प्रशोधित केन्द्रबाट नभई मिलबाट खरिद गरि किसानलाई दिने गरेको एक विज भण्डारका साहुले बताए । उनका अनुसार विउ वितरण गरिने फर्मले १०० रुपैया पाईने धानको विउ खरिद गरेर ४०(४५ रुपैया विक्रि गर्नु सगैं सक्बन्धित फाँटका कर्मचारीलाई समेत कमिशन दिने अवस्थामा प्रशोधित विउ नदिई मिलबाट ५०(६० मा खरिद गरेको धान वितरण गरिरहेको उनले बताए ।
पालिकाको कमिशन दिनुपर्नै वाध्यताले सप्लार्यसले विभिन्न जातको धान विउ भनि वोरा आफैले बनाई प्याकिग गरेर किसानलाई झुक्याई गुणस्तरहिन धान विउ दिने गरेको एक फर्म संचालकले बताए । सप्तरीमा अधिकाशं स्थानिय तहलाई एउटै विज भण्डारले सेटिगंमा कोटेशन वा ठेक्कामा धान विउ वितरण गरेको ति संचालकले बताए । तसर्थ सप्तरीका अधिकाश पालिकाहरुले किसानहरुकाे अनुदानको नाउमा बर्सेनि लाखौंको कमिसन असुल्ने गरेकोले यश तर्फ समयमै सम्बन्धित निकायकाे ध्यान जानू जरुरी छ । राजविराज टुडे

प्रकाशित मिति: २०२४-०५-३० , समय : २३:१३:२५ , ७ महिना अगाडि

यहाँ कमेन्ट गर्नुहोस्