प्रेस मञ्च नेपालद्वारा नेपाल पत्रकार महासंघको केन्द्रिय कार्यालय काठमाडौमा अनिश्चितकालीन तालाबन्दी र धर्ना
मिति: २०२४-०५-२८ , समय : २१:२७:३५ , गामघर डेस्क
मिति: २०२४-०५-२८ , समय : २१:२७:३५ , गामघर डेस्क
गामघर डेस्क
काठमाडौं । उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी नेपाल निकट प्रेस मञ्च नेपालद्वारा नेपाल पत्रकार महासंघको केन्द्रिय कार्यालय काठमाडौमा मंगलबार अनिश्चितकालीन तालाबन्दी गरी धर्ना बसेका छन् । प्रेस मञ्च नेपालका केन्द्रिय महासचिव अवधेश कुमार झा, उपमहासचिव बैधनाथ यादवको नेतृत्वमा महासंघले हालै सार्वजनिक गरेको सदस्य सुची सच्याएर मात्र निर्वाचनमा जान माग राखी अनिश्चितकालीन तालाबन्दी गर्दै केन्द्रिय कार्यालयको मुलगेटमा धर्ना बसेका हुन् ।
पत्रकार महासंघको सदस्यता शुद्धीकरणमा समान मापदण्ड लागू गर्नुपर्ने, क्रियाशील पत्रकारलाई सदस्यताबाट बन्चित गराउने कार्य बन्द गर्नुपर्ने, पत्रकार महासंघ केन्द्रिय नेतृत्वको नौटंकी बन्द गर्नुपर्ने, तोकिएकै मितिमा निर्वाचन सम्पन्न गर्नुपर्ने ४ सुत्रीय माग राखी प्रेस मञ्च नेपाल आवद्ध पत्रकारहरु संघर्षमा उत्रिएका छन् ।
पत्रकार महासंघ केन्द्रले जिल्ला, प्रदेश समितिले सिफारिस गरेका सक्रिय पत्रकारलाई हटाएर शुद्धीकरण मापदण्ड विपरीत गैर पत्रकारहरुलाई समाबेश गरी सदस्य सुची सार्वजनिक गरेको विरोधमा अनिश्चितकालीन तालाबन्दी तथा धर्नासहित संघर्षमा उत्रिएको आन्दोलनमा सहभागी प्रेस मञ्च नेपाल सप्तरीका अध्यक्ष भूषण कुमार सिंहले बताए ।
प्रकाशित मिति: २०२४-०५-२८ , समय : २१:२७:३५ , 11 months अगाडि