सप्तरीको रुपनगरमा भएको सवारी दुर्घटनामा चौधरी गम्भीर घाइते

मिति: २०२४-०५-२८ , समय : २०:३६:३९ , गामघर डेस्क

तस्बिर : सामाजिक सन्जालबाट

गामघर डेस्क

राजविराज ।
सप्तरीको पुर्व पश्चिम लोकमार्गको कन्चनरुप नगरपालिका वडा न.१२ स्थित रुपनगरमा मंगलबार माइक्रो बसले मोटरसाइकललाई ठक्कर दिँदा एक जना गम्भीर घाईते भएका छन् । सो सवारी दुर्घटनामा सप्तकोसी नगरपालिका भगनी मलेठका ४५ वार्षिय ध्रुब चौधरी गम्भीर घाइते भएका हुन् ।
पुर्वबाट पश्चिमतर्फ आउँदै गरेको बागमती प्रदेश ०३ – ००१ ज ०४७६ नम्बरको माइक्रो बसले सोही दिशातर्फ गइरहेको लु ६ प ९८२८ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालक गम्भीर घाइते भएको प्रहरीले जनाएको छ ।
दुर्घटनामा चौधरीको खुट्टा घाटी तथा टाउकोमा गम्भीर चोट लागेको प्रहरीले जनाएको छ ।
घाइतेको स्थानीय एम. डि अस्पताल कन्चनरुप १२ रुपनगरमा प्राथमिक उपचार पछि थप उपचारका लागी गोल्डेन अस्पताल बिराटनगर रेफर गरिएको अस्पतालले जनाएको छ ।
यता ठक्कर दिने चालक र गाडीलाई नियन्त्रणमा लिइ थप अनुसन्धान अगाडि बढाइएको ईलाका प्रहरी कार्यालय कंचनपुरले जनाएको छ ।

प्रकाशित मिति: २०२४-०५-२८ , समय : २०:३६:३९ , ८ महिना अगाडि

यहाँ कमेन्ट गर्नुहोस्
सम्बन्धित