कान्तिपुरका अध्यक्ष कैलाश सिरोहियालाई थप उपचारको लागि हेलिकप्टरबाट काठमाडौं लगियो
मिति: २०२४-०५-२८ , समय : १५:४०:४९ , गामघर डेस्क
मिति: २०२४-०५-२८ , समय : १५:४०:४९ , गामघर डेस्क
गामघर डेस्क
काठमाडौं ।
नागरिकता प्रकरणमा पक्राउ परेका कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई थप उपचारका लागि काठमाडौं लगिएको छ । गत शुक्रबार स्वास्थ्यमा समस्यादेखिएपछि उनलाई जनकपुरको काव्य अस्पतालमा भर्ना गरिएको थियो ।
चिकित्सकले यहाँबाट रेफर गरेपछि सिरोहियालाई थप उपचारका लागि हेलिकप्टरबाट काठमाडौं लगिएको धनुषाका प्रहरी प्रवक्ता डिएसपी रञ्जन अवाले जानकारी दिए ।
सिरोहियालाई मुटु र उच्चरक्तचाप लगायतको समस्या रहेको चिकित्सकले जनाएको छ । काठमाडौंको मेडिसिटी हस्पिटल लगिएको हो ।
रास्वपाका मधेश प्रदेश सदस्य इन्द्रजित प्रसाद महतोले नागरिकता कसुरमा १६ वैशाखमा धनुषा प्रहरीमा दिएको जाहेरीको आधारमा सिरोहियालाई गत जेठ ८ गते काठमाडौं स्थित कान्तिपुर मिडिया ग्रुपको कार्यालयबाट प्रहरीले पक्राउ गरेर धनुषा ल्याएको थियो ।
सोमबार उनलाई तेश्रो पटक धनुषा जिल्ला अदालतले थप ३ दिनको म्याद थपेर अनुसन्धान गर्न अनुमति दिएको थियो ।
प्रकाशित मिति: २०२४-०५-२८ , समय : १५:४०:४९ , ७ महिना अगाडि