भारतकाे महाराष्ट्रमा रासायनिक कारखानामा विष्फोट हुँदा ८ जनाको मृत्युु ,६० जना घाइते

मिति: २०२४-०५-२४ , समय : १०:३१:४४ , गामघर डेस्क

तस्बिर : एजेन्सीबाट

गामघर डेस्क

भारत ।
भारत महाराष्ट्रको एक रासायनिक कारखानामा विष्फोट हुँदा ८ जनाको ज्यान गएको छ । ६० जना घाइते भएका छन् । ठाणे जिल्लाको डोम्बिवलीमा रहेको फ्याक्ट्रीमा विष्फोट हुँदा वरपरका घरमा समेत क्षति पुगेको बीबीसी हिन्दीले जनाएको छ ।

महाराष्ट्र सरकारका अनुसार विष्फोटका कारण हिजो भएको आगलागीबाट अरु ३ वटा फ्याक्ट्रीमा पनि नोक्सानी भएको छ । १२ वटा गाडीमा आगलागी भएको छ ।

कामदारहरू फ्याक्ट्रीमा रसायनसँग सम्बन्धित काम गरिरहँदा आगलागी भएर विष्फोट भएको बताइएको छ । घटनापछि महाराष्ट्र सरकारले मृतकका परिवारलाई पाँच लाख रुपैयाँ क्षतिपूर्ति दिने घोषणा गरेको छ । यता साे घटनाबारे थप छानबिन हुने खबरमा उल्लेख छ । एजेन्सी

प्रकाशित मिति: २०२४-०५-२४ , समय : १०:३१:४४ , ७ महिना अगाडि

यहाँ कमेन्ट गर्नुहोस्
सम्बन्धित