भारतको छत्तीसगढमा गाडी दुर्घटनामा हुँदा १० जनाको मृत्युु

मिति: २०२४-०४-२९ , समय : १६:२८:५५ , गामघर डेस्क

तस्बिर : एजेन्सीबाट

गामघर डेस्क

भारत ।
भारतको छत्तीसगढमा गाडी दुर्घटनामा हुँदा १० जनाको ज्यान गएको छ । अरु २२ जना घाइते भएका छन् । घाइतेमध्ये धेरैको अवस्था गम्भीर रहेको बीबीसी हिन्दीले जनाएको छ ।

पाथरा गाउँका झण्डै ३० जना मानिस पिकअप गाडीमा पारिवारिक समारोहबाट फर्किरहेका बेला दुर्घटना भएको खबरमा उल्लेख छ ।

रातिको समयमा सडकमा रोकिराखेको ट्रकसँग ठोक्किएर पिकअप गाडी दुर्घटना भएको हो । दुर्घटनामा ९ जनाको घटनास्थलमै ज्यान गएको थियो । घाइतेको उपचार भइरहेको छ । एजेन्सी

प्रकाशित मिति: २०२४-०४-२९ , समय : १६:२८:५५ , ८ महिना अगाडि