नेकपा माओवादी केन्द्र सप्तरीको जिल्ला अध्यक्षमा छेदी रजक

मिति: २०२४-०४-२५ , समय : २१:२७:४२ , गामघर डेस्क

तस्बिर : सामाजिक सन्जालबाट

गामघर डेस्क

राजविराज । नेकपा माओवादी केन्द्र सप्तरीको बिहीवार विस्तारीत बैठकबाट छेदी रजकको अध्यक्षतामा जिल्ला कमिटी गठन भएको छ । सो कमिटीमा भागवत यादव उपाध्यक्ष बेचन चौधरी सचिव चयन भएको हो । त्यसैगरी संसदीय क्षेत्र नं. १ को ईन्चार्यमा बेचन चौधरी,२ को ईन्चार्य भागवत यादव,सह ईन्चार्यद्धय कलाम उदीन खाँ,प्रमोद यादव,३ को ईन्चार्य सुकदेव साह र ४ को ईन्चार्य चतुर चौधरी,सह ईन्चार्य सुरेन्द्र यादव रहेको छ । यस्तै प्रदेश क्षेत्र १(क्) का संयोजक रविन्द्र चौधरी,सह संयोचक ज्ञानेन्द्र धिमिरे १ (ख)का संयोजक कपलेश्वर सरदार,सह संयोचक राजु यादवर साविर खाँ क्षेत्र न.ं २ (क) का संयोजक विनोद यादव ,सह संयोचक खगेन्द्र मण्डल क्षेत्र न.ं ३ (क) का संयोजक देवलाल माली ,सह संयोचक बलराम यादव र ताज महमद क्षेत्र ३ (ख) का संयोजक कर्मलाल यादव,सह संयोचक अशोक चौधरी र रोहीत यादव , क्षेत्र नं. ४ (क) का संयोजक देव कुमार राम ,सह संयोचक लक्ष्मी चौधरी ,क्षेत्र ४ (ख) का संयोजक राम प्रसाद राम,सह संयोचकत्रय सुर्यनाथ यादव, पशुपति यादव, शिवनन्दन शर्मालाई जिम्मेवारी दिएको जिल्ला अध्यक्ष रजकले जनाएको छ । पार्टीका नेता ,कार्यकर्ता,जेल नेल जीवन खेपेका ,सहिद परिवार र बेपत्ताका परिवारको साथै जनयुद्घ कालिन नेता,कार्यकर्ता लगायतको सहभागीता रहेको थियो । सो बैठक नेकपा माओवादीका केन्द्रिय सदस्य उमेश कुमार यादवको अध्यक्षता तथा बैकल्पिक केन्द्रिय सदस्य असर्फी सदाको संचालनमा तथा पुर्व प्रदेश सदस्य छेदी रजकको स्वागत मनतब्यमा कार्यक्रम सम्पन्न भएको थियो । साही बैठकबाट विभिन्न समसामयीक विषयमा नेपाल र प्रदेश सरकारलाई ध्यानार्षण गर्ने प्रस्ताव समेत पारीत गरेको पार्टी स्रोतले जनाएको छ ।

प्रकाशित मिति: २०२४-०४-२५ , समय : २१:२७:४२ , ८ महिना अगाडि

यहाँ कमेन्ट गर्नुहोस्
सम्बन्धित