सप्तरीको महादेवा गाउँपालिका : आर्थिक चलखेलमा दोहोरो सिफारिस गर्न खोजेको पिडितको आरोप

मिति: २०२४-०४-२१ , समय : १८:०४:२५ , गामघर डेस्क

तस्बिर : गामघर टिभिबाट

गामघर डेस्क

राजविराज ।
सप्तरीको महादेवा गाउँपालिका १ न.ं वडा कार्यालय पकरीले दोहोरो सिफारिस गर्न खोजेको पिडितको आरोप रहेको छ ।
सप्तरी जिल्ला अदालत राजविराजमा कथित सार्वजनिक बाटोको मुद्दामा महादेवा गापाका १ न.ं वडा कार्यालय पकरीले दोहोरो सिफारिस गर्न खोजेको पिडितले सञ्चारकर्मीसमक्ष गुनासो गरेका छन ।
सार्वजनिक बाटोको मुद्दामा वडा न.ं १ का बादी बहादुर सदा,जगदेव यादव र महेश भन्ने दिनेश यादव प्रतिवादी राजाराम यादवको हकमा मिति २०७८ सालमा जिल्ला न्यायधिश राजेन्द्र कुमार श्रेष्ठको इजलासवाट गत २०६४ साल असोज १० गतेमा अंश दर्ता मुद्दा मिलापत्र भईसकेको अवस्थामा सो अंश बण्डा घरवासको जग्गामा उत्तर,दक्षिण गरी ८ फिट चौडाईको विचमा बाटो राखी सो बाटो देखि पुर्वआधी रामजी यादवको हक भोगमा रहेको पश्चिम आधा जग्गा छुतहरु इादवको हकभोग गर्ने गरी गाउँ ब्लक जग्गा मिला पत्र भएकोमा उक्त जगगाको बाटो सहित पुर्व तर्फबाट बाटो समेतमा रामजी यादव र नारायण यादवले ठोस घर निर्माण गर िसकेको बाँकी पश्चिम तर्फ रहेको जग्गा छुतहरु त्था राजाराम यादवको भोग चलनको जग्गा हो यसमा कुनै किसिमको सार्वजनिक बाटो नरहेको सो गाँउ ब्लक नं. अगाडी–२ को ब्लक न.ं ४१ को अंश बण्डा प्रमाणबाट देर्खिको भनेर वडा ध्यक्ष जयश्वरकिशोर दासले गत २०७९ चैत २९ गते सिफारिश दिएको छ । सो सिफारिशलाई अवज्ञा गर्दै वडा कार्यालयले सार्वजनिक बाटो हो भनेर आर्थि चलखेलमा पुन दोहोरो सिफारिश दिन खोजेको पिडितको आरोप छन ।
यता पिडित पक्षले आफु अन्यायमा परेकोले आफुलाई न्याय दिलाउन सम्बन्धित पक्षसंग आग्रह समेत गर्नु भएको छ ।

प्रकाशित मिति: २०२४-०४-२१ , समय : १८:०४:२५ , ९ महिना अगाडि

यहाँ कमेन्ट गर्नुहोस्
सम्बन्धित