मधेस प्रदेश : घाँटी काटेर शरीर र टाउको फाली भागेका बैठा १ बर्षपछि पक्राउ
मिति: २०२४-०४-१९ , समय : ०७:०७:०९ , गामघर डेस्क
मिति: २०२४-०४-१९ , समय : ०७:०७:०९ , गामघर डेस्क
गामघर डेस्क
जनकपुरधाम ।
मधेस प्रदेशको सर्लाहीमा घाँटी काटेर शरीर जंगलमा र टाउको खोलामा फाली फरार भएका अभियुक्त झण्डै एक बर्षपछि पक्राउ परेका छन्। पक्राउ पर्नेमा भारतको सितामढी सोनवर्षा थाना ग्राम पंचायत पुरनदहा राजवडा पश्चिम वडा नं. ५ बस्ने २७ वर्षीय रन्जित कुमार बैठा रहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ।
प्रहरीका अनुसार बैठालाई सर्लाहीको मलंगवा नगरपालिका–८, गोरखकालीस्थित नेपाल–भारत सीमा दशगजा नजिकै लागिरहेको महायज्ञ मेलाबाट पक्राउ गरिएको हो। गत बर्षको साउन २५ गते सर्लाहीको हरिवन नगरपालिका ४ स्थित लखन्देही खोला किनारामा भारतको सितामाढी जिल्लाको मनियारिका २३ बर्षिय गोलु भनिने अभिशेषक राजको टाउको मात्र भेटिएको थियो।
त्यसको केहि दिनपछि अर्थात साउन २७ गते लालबन्दी नगरपालिका-१७, रानिगन्ज जंगलमा अभिशेषकको शरिर भेटिएको थियो। उनको केहि दिनपछि पहिचान खोलेको थियो। साथै, उनका परिवार नै आएर आफ्नै छोरा रहेको भनि पुष्टी गरेका थिए । उनीहरु साथीहरु मिलेर घुम्न सर्लाही आएका थिए।
सर्लाही प्रहरीले उक्त घटनाको अनुसन्धान गहिरिएर गरिरहेको थियो, बैठा महायज्ञ मेलामा आन्नन्द तरिकाले घुमी रहेका थिए, तर केहि समयमा प्रहरीले उनलाई पक्राउ गर्यो। पक्राउ परेका बैठालाई जिल्ला अदालत सर्लाहीबाट म्याद थप गरी हिरासतमा राखेर घटनाका सम्बन्धमा थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक दीपक श्रेष्ठले जानकारी दिए।
प्रकाशित मिति: २०२४-०४-१९ , समय : ०७:०७:०९ , ९ महिना अगाडि