मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवद्वारा मन्त्रिपरिषद् बिस्तार
नवनियुक्त मन्त्रीहरुमा भरतप्रसाद साह बिना विभागीय, युवराज भट्टराई उद्योग वाणिज्य तथा पर्यटन, बेची लुङ्गेलीले बिना विभागीय मन्त्रीको जिम्मेवारी
मिति: २०२४-०४-१८ , समय : २०:५५:१२ ,
गामघर डेस्क
गामघर डेस्क
जनकपुरधाम । मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले मन्त्रिपरिषद् बिस्तार गर्नुभएको छ । नवनियुक्त मन्त्रीहरुमा भरतप्रसाद साह बिना विभागीय, युवराज भट्टराई उद्योग वाणिज्य तथा पर्यटन, बेची लुङ्गेलीले बिना विभागीय मन्त्रीको जिम्मेवारी प्राप्त गर्नुभएको छ ।
शारदा थापालाई गृह, सञ्चार तथा कानून मन्त्रालयको राज्यमन्त्रीको जिम्मेवारी दिइएको छ । साह र भट्टराई नेकपा (माओवादी केन्द्र) बाट सरकारमा सहभागी हुनुभएको हो । लुङ्गेली नेकपा (एकीकृत समाजवादी) र थापा नेकपा एमालेबाट सरकारमा सहभागी बन्नुभएको हो ।
नवनियुक्त मन्त्रीहरुलाई प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले पद तथा गोपनियताको शपथग्रहण समेत गराउनुभएको छ । माओवादीबाट उद्योग वाणिज्य तथा पर्यटन मन्त्रालयको जिम्मेबारी सम्हाल्दै आउनुभएकी सुनिता यादवलाई फिर्ता बोलाइएको छ । माओवादीका भरत साहले भने अर्थ मन्त्रालयमा दाबी गर्दै आएपनि टुङ्गो नलागेका कारण बिनाविभागिय मन्त्रीको रूपमा अहिले शपथ लिनुभएको छ ।
प्रकाशित मिति: २०२४-०४-१८ , समय : २०:५५:१२ , ८ महिना अगाडि