फेरि बढयाे पेट्रोल, डिजेल र मट्टीतेलको भाउ ….

मिति: २०२४-०४-१६ , समय : ०८:२६:२० , गामघर डेस्क

तस्बिर : सामाजिक सन्जालबाट

गामघर डेस्क

काठमाण्डाै । पेट्रोल, डिजेल र मट्टीतेलको भाउ बढेको छ । गए रातिदेखि नै लागू हुने गरी पेट्रोल, डिजेल र मट्टीतेलमा प्रतिलिटर तीन रुपैयाँले भाउ बढेको हो ।

नेपाल आयल निगमका अनुसार इन्डियन आयल कर्पोरेशन (आईओसी) बाट प्राप्त नयाँ खरिद मूल्य पेट्रोलियम पदार्थमा प्रतिलिटर दुई रुपैयाँ ९६ पैसा र डिजेलमा तीन रुपैयाँ ४६ पैसा बढेर आएको हुँदा भाउ बढेको हो ।

अब पेट्रोल प्रतिलिटर एक सय ७८, डिजल र मट्टीतेल प्रतिलिटर एक सय ६१ रुपैयाँ पुगेको छ । पहिलो वर्गअन्तर्गतकाे चारआली, विराटनगर, जनकपुर, अमलेखगञ्ज, भलबारी, नेपालगञ्ज, धनगढी र वीरगञ्जका लागि पेट्रोलको मूल्य एक सय ७५ रुपैयाँ ५० पैसा तोकिएको छ । यस्तै दोस्रो वर्गअन्तर्गतकाे सुर्खेत र दाङका लागि एक सय ७७ रुपैयाँ कायम भएको छ । तेस्रो वर्गअन्तर्गतकाे काठमाण्डौ, पोखरा र दिपायलका लागि पेट्रोलको मूल्य एक सय ७८ रुपैयाँ कायम गरिएको निगमले जनाएको छ ।

प्रकाशित मिति: २०२४-०४-१६ , समय : ०८:२६:२० , ९ महिना अगाडि

यहाँ कमेन्ट गर्नुहोस्
सम्बन्धित