सप्तरीको महादेवा गाउँपालिकामा बालकको मृत्यु प्रकरणमा प्रअ चौधरी पुर्व प्रारम्भिक ईजीआरए कार्यक्रममा नक्कली कागजात पेश गर्ने खुलासा

मिति: २०२४-०४-०६ , समय : २२:१८:१६ , देबराम यादव

तस्बिर : सामाजिक सन्जालबाट

देबराम यादव

राजविराज । सप्तरीको महादेवा गाउँपालिका वडा न. १ स्थित सोनरा राष्टिय प्राथमिक विधालयका प्रधानाध्यापक बशन्त कुमार चौधरीले २०७८ साल फागुन २३ गते पुर्व प्रारम्भिक ईजीआरए सम्बन्धि कार्यक्रममा रहेको नक्कली कागजात तयार गरेर सप्तरी जिल्ला अदालतमा पेस गर्ने तयारी गरेको खुलासा भएको छ । सो दिन आफु पुर्व प्रारमिभक ईजीआरए सम्बन्धि कार्यक्रममा रहेको भन्ने ब्यरोराको बयान दिदा सप्तरी जिल्ला अदालतका न्यायाधिस नवीनकुमार जोशीद्दारा जारी आदेसमा पुर्व प्रारम्भिक ईजीआरए सम्बन्धि कार्यक्रमको कागजात सहितको सक्कल फायल पेश गर्न २०८० साल माघ १६ गतेको आदेसमा भनिएको छ । सप्तरीको महादेवा गाउपालिका वडा न. १ सोनरामा प्रअ चौधरीको कुटाईवाट ९ वर्षिय वालक कमल नारायण यादवको गत २०७८ चैत ५ गते शनिवार करिव साढे तिन वजेको समयमा मृत्यु भएको थियो । महादेवा गाउपालिका वडा न. १ स्थित सोनरा राष्टिय प्राथमिक विघालयका प्रधानाध्यापक बशन्त कुमार चौधरीले २०७८ साल फागुन २३ गते दिउँसौ साढे तिन वजेको समयमा काठको डस्टरबाट गम्भिर घाइते भएका ९ वर्षिय बालक कमल नारायण यादवको २०७८ साल चैत ५ गते शनिवार करिव साढे तिन वजेको समयमा मृत्यु भएको बुबा डम्बर नारायण यादवले प्रहरी समक्ष किटानी जाहेरी दिएको हो । जिल्ला प्रहरी कार्यालय सप्तरी राजविराजवाट आएको प्रहरीले प्रकृती मुचुल्ला पछि शवलाई पोष्टमार्टमको लागी राजविराज स्थित गजेन्द्र नारायण सिहं अस्पताल पठाइएको थियो । गम्भिर घाइते भएका बालकको राजविराज स्थित युनिक सिटी अस्पतालमा उपचार पछि थप उपचारको लागी भनिएकोमा अार्थिक अबस्था कमजोर रहेका कारण थप उपचार गर्न नसकेको कारण बालकको मृत्यु भएको थियो । प्रअ चौधरीलाई उपचारको लागी सहयोग गर्न आग्रह गर्दा सुनुवाही नहुँदा छोराका अल्पआयुमै मृत्यु हुन गएको डम्बरले सञ्चारकर्मी समक्ष दुखेसो पोखेका छन । यता छोराको न्यायका लागीेको लागी आफु आशावादी रहेको बताउनु भयो ।

प्रकाशित मिति: २०२४-०४-०६ , समय : २२:१८:१६ , ८ महिना अगाडि