कार्वाहीको माँग गर्दै मधेश प्रदेशका आठ वटै जिल्लाका पूर्वाधार कर्मचारीहरुको आन्दोलन जारी
मिति: २०२४-०४-०४ , समय : ०५:५१:५९ , गामघर डेस्क
मिति: २०२४-०४-०४ , समय : ०५:५१:५९ , गामघर डेस्क
गामघर डेस्क
राजविराज ।
पूर्वाधार विकास कार्यालय राजविराजका कार्यालय प्रमुख माथि भएको हातपात र दुव्र्यवहार घटनाको दाषीलाई कार्वाहीको माँग मधेश प्रदेशका आठ वटै जिल्लाका कर्मचारी आन्दोलनमा बुधबार पनि जारी राखेका छन् ।
घटनामा दोषी रहेका उपर कारबाहीको माग गर्दै प्रदेशका आठै कार्यालयको सम्पूर्ण कामकाज ठप्प गरि आन्दोदन जारी राखेका हुन् । राजविराज कार्यालय प्रमुख प्रविन प्रताप अधिकारी माथी हातपात र दुवर्यवहार गर्नै दोषीउपर कारबाहीको माग गर्दै कर्मचारीले जाकालोपट्टी बाँधेर विरोध प्रदर्शन तथा कार्यालयको सम्पुर्ण कामकाज बन्द गरि आन्दोलनलाई निरन्त्रता दिएका छन् ।
यता एशोसिएशनका सभापति गौरी पंडित र सचिव राम नारायण यादवद्धारा जारी प्रेश विज्ञप्तीमा जनाए अनुसार यस्तो घटनाले राष्ट् सेवक कर्मचारी निरुत्साहित हुने मनोविज्ञान समेत विकसित हुन थालेको बिषय प्रति एशोसिएशनको गम्भीर ध्यानाकर्षण भएको जनाएका छन् ।
प्रकाशित मिति: २०२४-०४-०४ , समय : ०५:५१:५९ , ९ महिना अगाडि