मधेश प्रदेश सरकारबाट काँग्रेसको समर्थन फिर्ता : मुख्यमन्त्री यादवले फेरि विश्वासको मत लिनु पर्ने

मिति: २०२४-०३-२२ , समय : २२:४३:५३ , गामघर डेस्क

तस्बिर : सामाजिक सन्जालबाट

गामघर डेस्क

जनकपुरधाम ।
मधेश प्रदेश सरकारबाट नेपाली काँग्रेसले समर्थन फिर्ता लिएको छ । काँग्रेस संसदीय दलका नेता कृष्ण प्रसाद यादवले आज प्रदेश प्रमुखलाई पत्र पठाउँदै मुख्यमन्त्री नियुक्तिको बेला दिएको समर्थन फिर्ता लिएको जानकारी गराएका छन् ।

केन्द्रमा समिकरण फेरिएपछि गत सोमबार मुख्यमन्त्री सरोजकुमार यादवले काँग्रेसका तीन मन्त्रीलाई बर्खास्त गर्दै एमालेलाई सरकारमा प्रवेश गराएका थिए । मुख्यमन्त्री यादवले नेकपा एमाले संसदीय दलका नेता सरोजकुमार यादवलाई मन्त्री नियुक्त गर्दै काँग्रेस भागको तीनवटै मन्त्रालयको जिम्मेबारी उनलाई दिएका थिए ।

काँग्रेसले समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री यादवले अब कानुन प्रावधान अनुसार ३० दिन भित्र सदनबाट फेरि विश्वासको मत लिनु पर्छ ।

प्रकाशित मिति: २०२४-०३-२२ , समय : २२:४३:५३ , १० महिना अगाडि

यहाँ कमेन्ट गर्नुहोस्
सम्बन्धित