सूचना नदिने सप्तरीकि प्रमुख प्रशासकीय अधिकृत साहलाई १५ हजार रुपैयाँ जरिवाना
मिति: २०२३-०३-०९ , समय : २३:२३:२३ , गामघर डेस्क
मिति: २०२३-०३-०९ , समय : २३:२३:२३ , गामघर डेस्क
गामघर डेस्क
राजविराज । राष्ट्रिय सूचना आयोगले सूचना उपलब्ध नगराएको आरोपमा सप्तरीको कञ्चनरुप नगरपालिकाकी प्रमुख प्रशासकीय अधिकृत रेणुका साहलाई कारबाही गरेको छ ।
आयोगका अनुसार सूचनाको हकसम्बन्धी ऐन, २०६४ को दफा ३२ को उपदफा (१) बमोजिम १५ हजार रुपैयाँ जरिवाना गरिएको हो । सप्तकोसी नगरपालिका–११ निवासी कैलाश माझीले लिखित सूचना माग गर्दा सूचना उपलब्ध नगराएको र आयोगले सो बारे लिखित जवाफ माग गरेको थियो ।
सूचना उपलब्ध गराउन आयोगबाट आदेश हुँदा पनि सूचना मागकर्ताबाट माग भएको सूचना उपलब्ध नगराएको भन्दै आयोगले कारबाही गरेको आयोगले जनाएको छ । मधेशलाइभबाट
प्रकाशित मिति: २०२३-०३-०९ , समय : २३:२३:२३ , २ वर्ष अगाडि