मधेस प्रदेश : दाइजोमा सुनको सिक्री नपाउँदा विवाह अस्वीकार गरेकाे भन्दै बेहुलासहित पक्राउ
मिति: २०२४-०३-१३ , समय : ०६:१४:२४ , गामघर डेस्क
मिति: २०२४-०३-१३ , समय : ०६:१४:२४ , गामघर डेस्क
गामघर डेस्क
जनकपुरधाम । मधेस प्रदेशको वीरगञ्जमा दाइजोमा सुनको सिक्री नपाउँदा बेहुलाले विवाह नै अस्वीकार गरेको बेहुली पक्षले दाबी गरेका छन् ।
विवाह मण्डपमै विवाद भएपछि पर्सा प्रहरीले वीरगञ्ज महानगरपालिका–२४ रामगढवाबाट बेहुलासहित ७/८ जनालाई सोधपुछका लागि पक्राउ गरेको छ । बेहुला वीरगञ्ज महानगरपालिकाको स्वास्थ्य शाखामा कम्प्युटर अपरेटर पदमा कार्यरत छन् ।
हिजो बाराको कलैयाबाट बेहुला जन्ती लिएर रामगढवा पुगेका थिए । पर्सा प्रहरी प्रवक्ता डीएसपी कुमारविक्रम थापाले यस विषयमा सोधपुछ चलिरहेको र थप उजुरी आएमा कानुनी प्रक्रिया अगाडि बढ्ने बताउनुभएको छ ।
प्रकाशित मिति: २०२४-०३-१३ , समय : ०६:१४:२४ , १० महिना अगाडि