जन्ती गएका दुई युवकको दुर्घटनामा मृत्यु : गाेविन्दपुर गाउँ नै शाेकमग्न

मिति: २०२४-०३-१२ , समय : २१:२६:४४ , गामघर डेस्क

तस्बिर : सामाजिक सन्जालबाट

गामघर डेस्क

छिन्नमस्ता । सप्तरीको छिन्नमस्ताबाट जन्ती जाँदै गरेका दुई जना नेपाली युवकको भारतमा दुर्घटनामा परी मृत्युु भएको छ ।

सप्तरीको छिन्नमस्ता गाउँपालिका वडा न. ३ गाेविन्दपुर मन्सुखि टाेलबाट भारतको बिहार राज्य अन्तर्गत मधुवनी जिल्लाको लौकही बथनाहातर्फ जन्ती जाँदै गरेको अवस्थामा उनीहरु सबार गाडी सोमबार राति दुर्घटना भएको हाे ।

दुर्घटनामा परी सप्तरीको छिन्नमस्ता गाउपालिका वडा न.३ का २२ बर्षीय गोबिन्द सदा र १४ बर्षीय नितेश सदाको मृत्यु भएको छ ।

डिजे लोड भएको गाडीमा एक दर्जनभन्दा बढी युवा बसेका थिए । उक्त गाडी बथनाहा नजिकैको सडक छेउमा एक विद्युतिय पोलमा ठोक्किएर दुर्घटना हुँदा यी दुई युवकसहित एक भारतीयको पनि मृत्यु भएको छ । डिजेका अपरेटरको रुपमा कार्यरत गाडीमा सबार ती भारतीयको मृत्यु भएको हो ।

दुर्घटनामा आधा दर्जन व्यक्ति घाइते भएका छन् । यसमध्ये चार जना नेपाली छन् । उनीहरुको भारतकै अस्पतालमा उपचार भइरहेको छिन्नमस्ता गाउँपालिकाका स्थानीय युवा नेता जयप्रकाश यादवले जानकारी दिए ।

छिन्नमस्ता गाउँपालिका ३ का सुमन सदाको विवाहका लागि यहाँबाट भारततर्फ जन्ती गइरहेको थियो । मृतक नितेश भने बेहुला सुमनका फूफूका छोरा हुन् ।

मृतकमध्ये एक जनाको शव ल्याइसकिएको र अरुको ल्याउने प्रयास भइरहेको यादवले जानकारी दिए । यता घरकाे अार्थिक अवस्था कमजाेर रहेकाले ती दलित परिवारलाई किरिया क्रम गर्नमा समस्या रहेको स्थानीयहरुले बताएका छन ।

एकै गाउँका दुई जनाको दुर्घटनामा परी मृत्यु भएपछि गाउँ नै शोकमग्न भएको युवा नेता यादवले बताए । यता ‘घट्ना भएको सूचना आएदेखि नै गाउँमा रुवाबासी चलेको छ’ उनले भने, ‘दुर्घटनाको प्रमुख कारण डिजे पनि हो । अत्यधिक साउण्ड दिएर चलाएपछि गाडी दुर्घटना भएको स्थानीयबासिहरुले बताएका छन ।

प्रकाशित मिति: २०२४-०३-१२ , समय : २१:२६:४४ , ९ महिना अगाडि

यहाँ कमेन्ट गर्नुहोस्
सम्बन्धित