सप्तरीकाे रामराजा प्रतिष्ठानको जग्गामा रमन कन्ट्रक्सनको अबैध संरचना
मिति: २०२४-०३-०६ , समय : १३:०२:१६ , सौरभ यादव
मिति: २०२४-०३-०६ , समय : १३:०२:१६ , सौरभ यादव
सौरभ यादव
राजविराज ।
सप्तरीको राजविराज नगरपालिका वडा न.१० स्थित बिरौलमा रामराजाप्रसाद सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठानको जग्गामा रमन कन्ट्रक्सनले अबैध संरचना निर्माण गर्न सुरु गरिएको छ । प्रतिष्ठानको ६२ बिघा जग्गाको बीचमा रमन कन्ट्रक्सनले अबैध संरचना निर्माण गर्न सुरु गरिएको हो ।
संघीय सरकारको मन्त्रिपरिषद्को १६ पुस ०७५ को बैठकले राजविराजमा रामराजाप्रसाद सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठान स्थापना गर्ने निर्णय गरेको थियो । राजविराज नगरपालिका– १० मा बन्ने प्रतिष्ठानलाई ३० वर्षका लागि ६२ बिघा जग्गा नगरपालिकाले उपलब्ध गराएको छ । प्रतिष्ठानको नाममा जग्गा आएपछि ०७८ असार २२ गते तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिष्ठानको शिलान्यास गरेका थिए ।
शिलान्याससँगै तारजाली घेराबेरा र डिपिआर निर्माण अगाडी बढी सकेको प्रतिष्ठानको जग्गामा रमन कन्ट्रक्सनले अबैध रुपमा बाटो बनाएर घर निर्माण र प्लान्ट लगाएका छन् भने प्रतिष्ठानको जग्गामा लगाइएको प्लान्टबाट सडक निर्माणका लागि आवश्यक सामग्री उत्पादन गरिने तयारी गरिएको छ ।
रमन कन्ट्रक्सनले संरचना निर्माणको लागि कुनै अनुमति नलिएको प्रतिष्ठान पूर्वाधार तयारी विकास समितिका अध्यक्ष डा. परशुराम मिश्रले बताए । उनले भने ‘मैले पनि जानकारी पाएको छु, रोक्नका लागि भनेको छु तर रोकेको छैन ।’उता, रमन कन्ट्रक्सनका इन्जिनयर गोपालप्रसाद साहले प्रतिष्ठानको जग्गा प्रयोगका लागि कसैसँग अनुमति नलिएको स्वीकारे । उनले भने केही दिनका लागि मात्र निर्माण गरिएको बताए ।
प्रकाशित मिति: २०२४-०३-०६ , समय : १३:०२:१६ , 1 year अगाडि