त्रिशुलीमा बस खस्दा ७ जनाको मृत्युु : ४१ जनाको जिविते उद्धार
मिति: २०२४-०३-०६ , समय : १२:३८:२६ , गामघर डेस्क
मिति: २०२४-०३-०६ , समय : १२:३८:२६ , गामघर डेस्क
गामघर डेस्क
काठमाडौं । धादिङको घाटबेँसीबाट त्रिशुली नदीमा बस खस्दा ज्यान गुमाउनेको सङ्ख्या ७ पुगेको छ । ४१ जना यात्रुको उद्धार गरिएको छ । उनीहरुमध्ये १४ जनालाई थप उपचारका लागि काठमाण्डौ पठाइएको छ ।
अरुहरुको गजुरी प्राथमिक स्वास्थ्य केन्द्र र गजुरी अस्पतालमा उपचार भैरहेको छ । कपिलवस्तुबाट काठमाण्डौका लागि छुटेको लु२ख २१२१ नम्बरको बस बिहान ४ बजेर ४० मिनेटमा धादिङको गजुरी गाउँपालिका–५ घाटबेँसीमा दुर्घटना भएको हो ।
बसमा ५१ जना यात्रु र चालक रहेको प्रारम्भिक विवरण छ । जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी नायब उपरीक्षक तथा सूचना अधिकारी सन्तुलालप्रसाद जैसवारका अनुसार एक महिला र ६ जना पुरुषसहित ७ जनाको शव फेला परेको छ ।
ज्यान गुमाउनेको परिचय खुल्न सकेको छैन । त्रिशुली नदीमा बस छत मात्रै देखिएको अवस्थामा डुबेको छ । दुर्घटनापछि घाटबेँसीका स्थानीय बासिन्दा, इलाका प्रहरी कार्यालय गजुरी, सशस्त्र प्रहरीलगायतले घाइतेहरुको उद्धार गरेका छन् ।
बसचालक रुपन्देही लुम्बिनी संस्कृति नगरपालिका–९ का ३८ वर्षीय हरिराम हरिजनलाई प्रहरीले पक्राउ गरेको छ ।
प्रकाशित मिति: २०२४-०३-०६ , समय : १२:३८:२६ , १० महिना अगाडि