ह्वाट्सएपबाट लाखौं रकम ठगि गर्ने तीन जना पक्राउ

मिति: २०२४-०३-०४ , समय : १७:३३:२३ , गामघर डेस्क

फाइल फाेटाे

गामघर डेस्क

राजविराज । अहिले माेबाइल , इन्टरनेटकाे जमानामा ठगि गर्ने तरिका पनि फरक फरक तरिकाबाट हुने गरेको छ । साेहि क्रममा ह्वाट्सएपमा प्रहरी महानिरीक्षक बसन्तबहादुर कुँवरको तस्बिर राखेर पैसा असुल्ने तीन जनालाइ प्रहरीले नियन्त्रणमा लिएको छ । सप्तरीको राजविराज नगरपालिकाका एक व्यक्तिलाई +९२३२५०१६९१३५ नम्बरको ह्वाट्सएप आईडीबाट फोन गरी सो समूहले ‘तिम्रो छोरा हाम्रो नियन्त्रणमा छ’ भन्दै रकम मागेका थिए ।

रकम नपठाए छोरालाई मारिदिने धम्की दिएपछि विभिन्न बैंकको फरक खातामा १२ लाख ८० हजार रुपैयाँ जम्मा गराएका थिए । जम्मा गरिएको सो रकम धम्की दिने समूहले उठाएका थिए । यो घटनाको अनुसन्धानमा जुटेको प्रहरीले तीन जनालाई आइतबार नियन्त्रणमा लिएको हो ।

मधेश प्रदेश प्रहरी कार्यालयका अनुसार पक्राउ गरिएकाहरूमा झापाको मेचीनगर-६ का सविन मैनाली, वडा नम्बर-१० का शुभम मैनाली र सुनसरीको धरान -३ का आशिका बराइली रहेका छन् । यता उनीहरूलाइ ठगी मुद्दामा ७ दिनको म्याद थप गरि अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: २०२४-०३-०४ , समय : १७:३३:२३ , १० महिना अगाडि

यहाँ कमेन्ट गर्नुहोस्
सम्बन्धित