सदस्यता कायमकाे माग गर्दै पत्रकार महासंघ सप्तरीमा तालाबन्दी गर्ने चेतावनी सहित बुझाइयाे ज्ञापनपत्र

मिति: २०२४-०३-०३ , समय : १८:१५:३३ , गामघर डेस्क

तस्बिर : सामाजिक सन्जालबाट

गामघर डेस्क

राजविराज ।
नेपाल पत्रकार महासंघ शाखा सप्तरीमा सदस्य रहेका सय जना पत्रकारहरुलाई कायम राख्न माग गर्दै सप्तरीका पत्रकारहरुकाे एक टाेलिले अाइतबार ज्ञापनपत्र बुझाएका छन् ।
तीन दिनभित्र माग पूरा नभए महासंघको कार्यालयमा तालाबन्दी गर्ने चेतावनीसहित उनीहरुले नेपाल महासंघ शाखा सप्तरीका अध्यक्ष श्रवण कुमार देवलाइ साे ज्ञापनपत्र बुझाएका हुन् ।
उक्त ज्ञापनपत्रमा नेपाल पत्रकार महासंघ सप्तरीले सदस्यता सुद्विकरणको नाममा पत्रकारहरुको सदस्यता नविकरण नगरेको प्रति घोर आपत्ति जनाएको छ । पत्रकारिताको व्यवसायीक तथा संस्थागत विकासमा योगदान दिएका पत्रकारहरु सुद्विकरणको नाउँमा अन्यायमा परेकोले शाखामा आबद्ध सम्पुर्ण पत्रकारहरुको सदस्यता नविकरण गर्न ज्ञापनपत्रमा जोडदार माग गरिएको छ ।
नेपाल पत्रकार महासंघ केन्द्र र प्रदेश समितिलाई बोधार्थ दिएको ज्ञापनपत्रमा पछिल्लो साधारणसभामा कायम रहेको सदस्यता १०० जनालाई कायम गर्नुपर्ने, कायम रहेको सदस्य संख्या १०० जना लाई कायम गरि तीन दिन भित्र साधारणसभाको मिति घोषणा गर्नुपर्ने माग गरिएको छ ।
“उपरोक्त मागहरू पूरा नगरे नेपाल पत्रकार महासंघ शाखा सप्तरीको कार्यालयमा तालाबन्दी सहितको संघर्षमा उत्रिन बाध्य हुने र सोको सम्पुर्ण जिम्मेवारी महासंघ शाखा हुनेछ” ज्ञापनपत्रमा उल्लेख गरिएको छ ।
साेहि अवसरमा नेपाल पत्रकार महासंघका पुर्व सभापति विष्णु कुमार मण्डल, जितेन्द्र खड्गा, वरिष्ठ पत्रकार राधेश्याम रमण,शिव नारायण साह सुरज, देवेन्द्र मिश्र, सुमन मिश्र,,हेमशंकर सिंह, नर्मदेव यादव, कृष्णदेव यादव, रक्षा चौधरीलगायतका पत्रकारहरुकाे सहभागी रहेको थियोे ।

प्रकाशित मिति: २०२४-०३-०३ , समय : १८:१५:३३ , १० महिना अगाडि

यहाँ कमेन्ट गर्नुहोस्
सम्बन्धित