मधेस प्रदेश : जबरजस्ती करणी मुद्दाका फरार प्रतिवादी पक्राउ

मिति: २०२४-०३-०२ , समय : १४:१०:०५ , मणिलाल विश्वकर्मा

तस्बिर : सामाजिक सन्जालबाट

मणिलाल विश्वकर्मा

लहान ।
मधेस प्रदेशको सिरहा प्रहरीले जबर्जस्ती करणी मुद्दाका फरार प्रतिवादीलाई पक्राउ गरी अदालतमा उपस्थित गराएको छ ।

परिवर्तित नाम २०८०/०८१ खिरौना (१६) को जाहेरीको आधारमा सिरहा नगरपालिका– १४ बस्ने करिब २७ वर्र्षीय सुमनकुमार साहलाई पक्राउ गरी शुक्रबार सिरहा जिल्ला अदालतबाट अनुसन्धानका लागि १० दिन म्याद लिइएको प्रहरीले जनाएको छ।

गत २१ मंसिर राति करिब १० बजेतिर जबरजस्ती करणीको घटनापछि फरार भएका साहलाई जिल्ला प्रहरी कार्यालयबाट प्रहरी सहायक निरीक्षक सुवोधकुमार मिश्रको कमाण्डमा खटिएको टोलीले पक्राउ गरेको सिरहा प्रहरीका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक रविन्द्रराज पाण्डेले जानकारी दिए।

उनका अनुसार खोजतलासको क्रममा प्रतिवादी साहलाई लुकेर बसिरहेको अवस्थामा सिरहा नगरपालिका– ७ सिरहा बजारबाट पक्राउ गरिएको भोलिपल्ट अदालतमा उपस्थित गराइएको हो।

सात महिनामा करणीका २५ मुद्दा…..
आर्थिक वर्ष २०८०/०८१ को माघ मसान्तसम्म सात महिनाको अवधिमा जिल्ला प्रहरी र मातहतका युनिट समेतमा गरी जबर्जस्ती करणीका २५ वटा मुद्दा दर्ता भएका छन्। दर्ता भएका मुद्दाका प्रतिवादीमध्ये ११ पक्राउ परेको र १७ फरार रहेको प्रहरी तथ्यांकमा उल्लेख छ।

त्यस्तै, उक्त अवधिमा जबर्जस्ती करणी उद्योगअन्तर्गत दर्ता भएका ११ वटा मुद्दामा ६ जना पक्राउ परेको र ६ जना फरार रहेकाले खोजतलास भइरहेको प्रहरीले जनाएकाे छ ।

प्रकाशित मिति: २०२४-०३-०२ , समय : १४:१०:०५ , १० महिना अगाडि

यहाँ कमेन्ट गर्नुहोस्