मधेस प्रदेश : ७ किलो गाँजासहित दुई भारतीय पक्राउ

मिति: २०२४-०२-२८ , समय : ०९:५५:०० , गामघर डेस्क

तस्बिर : सामाजिक सन्जालबाट

गामघर डेस्क

जनकपुरधाम ।
मधेस प्रदेशको सर्लाहीबाट लागूऔषध ७ किलो गाँजासहित दुई भारतीय नागरिक पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा भारत बिहार राज्यको सितामढी जिल्ला ग्राम पञ्चायत सुतिहारा बारा ६ बस्ने वर्ष २० का छोटु पासवान र लहुरिया ९ का २५ वर्षीय मोहमद समिम शेष रहेको सर्लाही प्रहरीका प्रवक्ता डिएसपी दिपेन्द्र पजियार थारुले जानकारी दिए ।

उनका अनुसार मंगलबार साँझ सर्लाहीको लालबन्दी नगरपालिका १ लखनदेही पुल नजिक नवलपुर तर्फ आउँदै गरेको बी.आर. ३० ए.जी १६४४ नम्बरको भारतीय मोटरसाइकलमा चेकजाँच गर्दा झोला र कार्टुन भित्र लुकाई राखेको प्रतिबन्धित गाँजा ७ किलो बरामद गरेको हो । यता दुबैजनालाई पक्राउ गरी थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।

प्रकाशित मिति: २०२४-०२-२८ , समय : ०९:५५:०० , ११ महिना अगाडि

यहाँ कमेन्ट गर्नुहोस्