प्रचण्डविरुद्ध परेको रिट न्यायाधीश विश्वम्भर श्रेष्ठको एकल इजलासमा

मिति: २०२३-०३-०९ , समय : १२:३१:०८ , गामघर डेस्क

फाइल फाेटाे

गामघर डेस्क

काठमाण्डाै । प्रधानमन्त्री एवम् माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डविरुद्ध सर्वोच्च अदालतमा परेको रिट न्यायाधीश विश्वम्भर श्रेष्ठको एकल इजलासमा परेको छ ।

अधिवक्ता ज्ञानेन्द्रराज आरण र द्वन्द्वपीडित कल्याण बुढाथोकीले अस्ति मङ्गलवार दायर गरेको रिटमा आज प्रारम्भिक सुनुवाइ हुन लागेको हो ।

२०७६ साल माघ १ गते टुँडिखेलमा भएको एक कार्यक्रममा प्रचण्डले सशस्त्र द्वन्द्वमा मारिएका १७ हजारमध्ये पाँच हजार जनाको जिम्मा आफूले लिने अभिव्यक्ति दिनु भएको थियो । त्यही अभिव्यक्तिको आधारमा प्रचण्डलाई फौजदारी अभियोगमा पक्राउ गरी अनुसन्धान गर्न रिट निवेदकले माग गरेका छन् ।

केही दिनअघि सर्वोच्च अदालतले प्रधानमन्त्री प्रचण्डविरुद्धको रिट निवेदन दर्ताको आदेश दिने क्रममा सशस्त्र द्वन्द्वकालमा भएका गम्भीर मानव अधिकार उल्लङ्घनका घटनालाई विभिन्न कारण देखाइ तत्कालसम्म अल्झाइराख्न नमिल्ने ठहर गरेको थियो । उज्यालोबाट

प्रकाशित मिति: २०२३-०३-०९ , समय : १२:३१:०८ , २ वर्ष अगाडि

यहाँ कमेन्ट गर्नुहोस्
सम्बन्धित