गाउँपालिकाको विकासको लागि सबै मिलेर काम गर्न आवश्यक : उपाध्यक्ष यादव
मिति: २०२४-०२-१६ , समय : २०:३८:३७ , विन्दु कुमार यादव
मिति: २०२४-०२-१६ , समय : २०:३८:३७ , विन्दु कुमार यादव
विन्दु कुमार यादव
राजविराज ।
सप्तरीको महादेवा गाउँपालिकाको ९ औं गाउँ सभा एक कार्यक्रम विच शुक्रवार सम्पन्न सम्पन्न भएको छ । कार्यक्रममा आफ्नो शुभकामना मन्तव्य राख्दै गाउँपालिकाको उपाध्यक्ष अर्चाना देवी यादवले यस गाउँपालिकाको विकासको लागि सबै मिलेर काम गर्न आवश्यक रहेको बताईन । गाउँपालिकालाई एकहोरो रुपमा चलाउन नहुने बताउदै उनले सवैको साथ र सहयोगबाट गाउँपालिकालाई अगाडी बडाउनुपर्नेमा जोड दिदै उपाध्यक्ष यादवले भन्नु भयो – विगतमा भएको कमी कमजोरीहरुलाई बिर्सेर नयाँ ढंगले अगाडि बढ्नेमा जोड दिईन । आयोजित सभाका विशिष्ट अतिथि गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत राम लखन यादवले शुभ कामना दिँदै गाउँपालिकाका प्रतिनिधिहरुसँग मिलेर काम गर्ने प्रतबद्धता व्यक्त गर्नु भएको थियो । वहाँले अहिलेको समयलाई बढी भन्दा बढी काम गरेर देखने बताउनुभयो । वहाँले कानुनको दायरामा रहेर योजना बनाउन सबै जनप्रतिनिधिसँग आग्रह गर्नुभयो ।
सभाका प्रमुख अथिति तथा गाउँपालिका अध्यक्ष सुनिल कुमार मण्डलले सभामा बोल्दै विगतमा नभएको काम आफूहरुले गरेर देखाउने बताए ।
वहाले गाउँपालिकाको विकास हेर्न हरेक वडामा जान आम नागरिकलाई आग्रह गर्नुभयो ।गाउँपालिकाको विकास निर्माणमा केही कमी भएपनि छुटेका योजनाहरु चैत्र देखि नै विजुलीको पोल र तार किसानको खेत खेतमा पु¥याने तर्फ आफू लागि परेको जानकारी दिए ।
गाउँपालिकाको विकासमा सहयोग पु¥यानुभएकोमा सबै वडा अध्यक्ष, गाउँपालिका सदस्य, कर्मचारी लगायतलाई धन्यबाद दिनुभएको थियो । आयोजित कार्यक्रममा गाउँपालिकाको वडा नम्वर २ को वडा अध्यक्ष जागेश्वर ईसरले गाउँपालिकामा सडक र विजुलीको बतीको समस्या रहेको बताए ।
सम्पन्न कार्यक्रममा गाउँपालिकाको वडा नम्वर ३ को वडा अध्यक्ष राम कुमार यादव,वडा नम्वर ५ को वडा अध्यक्ष हरेराम मण्डल,वडा नम्वर ६ को वडा अध्यक्ष गजेन्द्र मण्डल,वडा सदस्य कमल प्रसाद प्रर्सेला ,कार्यपालिका सदस्य अनार देवी राम,जिल्ला समन्वय समिती सप्तरीको सदस्य सत्य नारायण मण्डल,प्रेस सेन्टर सप्तरीको केन्द्रिय सल्लाहकार देव राम यादव,युवा पत्रकार विन्दु कुमार यादव लगायत
विभिन्न वडाको वडा अध्यक्ष, कार्यपालिका सदस्य, गाउँपालिका सदस्य, कर्मचारी लगायतहरुको उपास्थि रहेको थियो ।
प्रकाशित मिति: २०२४-०२-१६ , समय : २०:३८:३७ , ११ महिना अगाडि