सप्तरी सहित मधेस प्रदेशमा विद्याकी देवी सरस्वतीको मूर्ति बिर्सजन
मिति: २०२४-०२-१५ , समय : २१:१८:४० , नविन यादव
मिति: २०२४-०२-१५ , समय : २१:१८:४० , नविन यादव
नविन यादव
नविन कुमार यादव
राजविराज ।
माघ शुक्ल पञ्चमीका दिन धुमधामका साथ सरस्वती पूजा गरेका विभिन्न शैक्षिक संस्थाका विद्यार्थी र भक्तजनहरुले विहिबार मूर्ति सेलाएका छन् ।
‘श्रीपञ्चमी’ पर्व सम्पन्न भएको दुई दिनपछि विद्याकी अधिष्ठात्री देवी सरस्वतीको मूर्तिलाई मुख्य चोक र बजार क्षेत्रको परिक्रमा गराई विहिबार नजिकै पायक पर्ने जलाशयमा विसर्जन गरी सरस्वती पूजन सकिएको हाे । परिक्रमा गर्ने क्रममा सबै सहभागीहरु एक आपसमा अबिर लगाई सरस्वती माता कि जय भनी जयकार गर्ने गर्छन् । यो परम्परा सुरु देखि नै चल्दै आइरहेको छ ।
पराल र माटोको प्रयोग गरेर बनाइएको सरस्वतीको मूर्तिलाई सिंगारेर आकर्षक बनाइएको हुन्छ । त्यही मूर्तिलाई पञ्चमीका दिन पूजा गरेर त्यसको भोलिपल्ट नदी तलाउ, पोखरीमा लगेर सेलाउने गरिन्छ । पोखरीको किनारमा लगी डुबाउने बेलामा माताको अन्तिम पुजा गरी पोखरीको बिच भागमा लगि अन्तिम बिधाई गरिन्छ । अन्तिम बिदाई गरी सके पछी सबै सहभागी तथा बिधार्थीहरु प्रसाद ग्रहण गरी फेरी नाच गान गरी आ आफनो घर फर्किन्छन् ।
सप्तरीको विभिन्न स्थानमा गरिएको सरस्वती पूजाको मूर्ति कोशी नदीसहित विभिन्न खोला, पोखरीमा लगेर सेलाउने गरिएको छ । मूर्ति सेलाउने क्रममा गाना बजानासहित रमाईलो गर्दै विद्यार्थीहरु नदी, खोला, पोखरीमा पुग्ने गरेका छन् ।
यसरी सरस्वती माताको मूर्ति सेलाउने क्रममा जाँदा बजाइएको भोजपुरी गानाको शब्द अलि उछृङखल भएको गुनासो सर्वसाधरणले गरेका छन् । सरस्वतीको आराधाना गरेको गीतहरु भन्दा पनि भोजपुरी छाडा गीतहरुले प्राथमिकता पाएको उनीहरुको भनाइ छ ।
चन्द्रमाजस्तो गोरो वर्ण भएकी तथा हातमा वीणा र पुस्तक लिएकी विद्याकी देवी सरस्वतीलाई भक्तजनले भारती, शारदा, हंसवाहिनी, जगन्माता, वागिश्वरी, कौमारी, वरदायिनी, बुद्धिदात्री, ब्रहृमचारिणी, चन्द्रघण्टा र भुवनेश्वरीजस्ता नामले पुकार्ने चलन छ ।
विद्या र सिर्जनाकी देवी भएकाले विशेषगरी साहित्यकार, कलाकार, पत्रकार, शिक्षक र विद्यार्थी आ–आफ्ना कला–साधनाका वस्तु कलम, कापी, कुची र वाद्ययन्त्र आदिलाई सरस्वतीका रूपमा पूजा–आराधना गर्ने गरेका छन् ।
ऋग्वेदमा वाग्देवीका नामले प्रसिद्धि पाएकी ब्रहृमाकी अर्धाङ्गगिनि ब्रहृमायणीको पूजा उपासनाले सबै प्रकारको ज्ञान, सिद्धि र सद्बुद्धि प्राप्त हुने जन विश्वास छ ।
यसै कारणले तराई मधेसमा सरस्वती पूजालाई ठूलो महत्व दिइन्छ । सरस्वतीको पूजा गरी विद्या प्रारम्भ गरेमा सर्वसिद्धि प्राप्त हुन्छ भन्ने मान्यता पनि छ र सोही दिनबाट स–साना बालबालिकाको अक्षराम्भ पनि गरिन्छ ।
प्रकाशित मिति: २०२४-०२-१५ , समय : २१:१८:४० , 1 year अगाडि