गाजामा बन्धक बनाइएकाका परिवार न्याय खोज्दै अन्तर्राष्ट्रिय अदालतमा

मिति: २०२४-०२-१५ , समय : ०६:५७:४५ , गामघर डेस्क

तस्बिर : एजेन्सीबाट

गामघर डेस्क

गाजा ।
गाजामा बन्धक बनाइएका झण्डै एक सय परिवारका प्रतिनिधिले इजरायली विद्रोही समूह हमासविरुद्ध अन्तर्राष्ट्रिय फौजदारी अदालत (आईसीसी) मा ‘मानवताविरुद्धको अपराध’ को मुद्दा दायर गर्ने भएका छन् ।

इजरायल र गाजाबीचको युद्धका कारण धेरै निर्दोष नागरिकले ज्यान गुमाउनु परेको भन्दै बन्धक बनाइएकाका परिवारका प्रतिनिधिले हमासका नेताविरुद्ध आईसीसीमा मुद्दा दायर गर्ने बताएका हुन् । यसका लागि उनीहरु हिजै नेदरल्यान्ड्सकाे हेग गएका अन्तर्राष्ट्रिय समाचार संस्था एएफपीले जनाएको छ ।

इजरायली अधिकारीहरूका अनुसार हमासको नेतृत्वमा प्यालेस्टिनी लडाकुहरूले गएको अक्टोबर ७ मा इजरायलमाथि आक्रमण गर्दा झण्डै २ सय ५० जनालाई अपहरण गरेर बन्धक बनाएका थिए, जसमध्ये झण्डै १ सय ३० जना अझै गाजामा बन्धक बनाइएका छन् । तीमध्ये २९ जनाको ज्यान गइसकेको अनुमान गरिएको खबरमा उल्लेख छ ।

बन्धक बनाइएका र हराइरहेका परिवार मिलेर ‘होस्टेज एण्ड मिसिङ फ्यामिलिज फोरम’ गठन गरेका छन् । यो फोरमले जतिसक्दो छिटो युद्ध रोक्न र आफ्ना परिवारका सदस्यलाई सकुशल रिहाइ गर्न दबाब दिने बताएका छन् । अहिले इजरायलमा बन्धकका परिवारले भयानक अवस्थाबाट गुज्रिनु परेको र युद्ध नरोकिए विश्वव्यापी रुपमै यस्तो समस्या निम्तन सक्ने चेतावनी समेत दिएका छन् । एजेन्सी

प्रकाशित मिति: २०२४-०२-१५ , समय : ०६:५७:४५ , १० महिना अगाडि

यहाँ कमेन्ट गर्नुहोस्