सप्तरीमा पनि विभिन्न कार्यक्रम गरि २९ औं महान जनयुद्ध दिवस मनाइयो

मिति: २०२४-०२-१३ , समय : २०:१९:२३ , गामघर डेस्क

तस्बिर : सामाजिक सन्जालबाट

गामघर डेस्क

राजविराज ।
सप्तरीको राजविराज सहित विभिन्न पालिकामा नेकपा(माओवादी केन्द्र)का नेता,कार्यकर्ता साँझ मैन बक्ति प्रज्वलन गरी २९ औं महान जनयुद्ध दिवस मनाइएको छ । जिल्लाको राजविराज नगरपालिका सहित सप्तकोशी ,कञ्चनरुप, छिन्नमस्ता, राजगढ, रुपनी,बलान विहुल,अग्नी सायर कृष्णासवरण, हनुमाननगर कंकालिनी,महादेवा,तिलाठीकोइलाडी,खडक,बोदेवसाइन,डाक्नेश्वरी,तिरहुत लगायतको पालिकामा मैन बक्ति प्रज्वलन गरी २९ औं महान जनयुद्ध दिवस मनाइएको पुर्व मधेस प्रदेस सदस्य छेदी रजकले सञ्चारकर्मीलाई जानकारी दिनु भयो । उहाँका अनुसार राजविराजमा केदार देव,छिन्नमस्तामा विनोद यादव,रुपनीमा राजु जैसवाल,राजगढमा शेर सिहं लगायतको पालिकामा मैन वक्ति प्रज्वलन गरी मैन बक्ति प्रज्वलन गरी २९ औं महान जनयुद्ध दिवस मनाइएको बताउनु भयो । सो अवसरमा पार्टीका बै.के.स.असर्फी सदा, पुर्व मधेस प्रदेस सदस्य भागवत यादव लगायत नेता,कार्यकताृहरुको उपस्थिती रहेको नेकपा(माओवादी केन्द्र) सप्तरीले जनाएको छ ।

प्रकाशित मिति: २०२४-०२-१३ , समय : २०:१९:२३ , १० महिना अगाडि

यहाँ कमेन्ट गर्नुहोस्
सम्बन्धित