मधेस प्रदेशमा दिलीप महतो हत्या प्रकरण : उच्च अदालतद्वारा दुई अपराधीलाई २५ वर्ष जेल फैसला सदर

मिति: २०२४-०२-०७ , समय : २२:४०:०१ , गामघर डेस्क

तस्बिर : सामाजिक सन्जालबाट

गामघर डेस्क

जनकपुरधाम ।
दिलीप महतो हत्या प्रकरणमा उच्च अदात जनकपुरले जिल्ला अदालतकै फैसला हुबहु सदर गरेको छ । न्यायाधीशद्वय महेन्द्रनाथ उपाध्याय र ध्रुवकुमार पियाको संयुक्त इजलासले जिल्ला अदालत धनुषाकै फैसला हुबहु सदर गरेको हो ।

१२ फागुन २०७८ मा जिल्ला अदालत धनुषाले दिलीपको हत्याका मुख्य योजनाकार चुरियामाई बालुवा प्रशोधन उद्योगका संचालक विपीन महतो र मुख्य सहयोगी मुनिन्द महतोलाई २५/२५ वर्ष कैद र पाँच/पाँच लाख रुपैयाँ क्षतिपुर्ति वापत जरिवाना हुने फैसला सुनाएको थियो ।
यस्तै घटनाका मतियार बनेको आरोपमा जितेन्द्र महतोलाई साढे १२ वर्ष कैद र अढाई लाख रुपैयाँ क्षतिपुर्ति बापत जरिवाना गरेको थियो ।

३ फागुनमा जिल्ला अदालतले विपीन, मुनिन्द्र र जितेन्द्रलाई दोषी ठहर गरेको थियो भने विपीनका दाइ विनोद महतो, कामदारहरू सत्यनारायण महतो, शत्रुघन महतो र रोशनकुमार यादवलाई अदालतले सफाइ दिइएको थियो ।

२५ पुस २०७६ मा घरभन्दा पाँचसय मिटर पर रहेको औरही खोलामा २४ वर्षीय दिलीपको हत्या भएको थियो । बिहानै ४ बजे खोलामा उत्खन्न भइरहेको थाहा पाएपछि बन्द गराउन खोलामा पुगेका दिलीपको चुरियामाई वालुवा प्रशोधन उद्योगमै क्रुरतापूर्वक हत्या भएको थियो ।

प्रकाशित मिति: २०२४-०२-०७ , समय : २२:४०:०१ , ११ महिना अगाडि

यहाँ कमेन्ट गर्नुहोस्
सम्बन्धित