फ्लाेअप समाचार : सप्तरीमा मारियाे हरिण , समातियाे शिकारी डाक्टर झा , शंका घेरामा प्रहरी अनुसन्धान…!!
शिकारीसँगै नेपाल प्रहरीका एक जना अवकाश प्राप्त डीआईजी सम्मको संलग्नता...
मिति: २०२४-०२-०२ , समय : २०:१०:०४ , आर.एन. विश्वास
मिति: २०२४-०२-०२ , समय : २०:१०:०४ , आर.एन. विश्वास
आर.एन. विश्वास
सप्तरी । संरक्षित जनावर दुई वटा मृग(हरिण)को सप्तरीमा बिहीवार राती शिकारीले मारेको घटना सार्वजनिक भएको छ । श्रोतका अनुसार सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका वडा नम्बर १३ गोबरगाढा पलारमा शिकारीको एक समुहले दुईवटा मृग मारेको हो ।
मृग मारेको भनि सूचनाको आधारमा खटिएका प्रहरी टोलीले आज शुक्रवार बिहान ४ बजेको समयमा हनुमाननगर कंकालिनी नगरपालिका वडा नम्बर ८ योगिनियाँस्थित कोसी पलारबाट राजविराज नगरपालिका ५ निवासी ४६ वर्षिय डा. शैलेसकुमार झालाई उक्त मृत मृगको मासु र हतियारसहित पक्राउ गरेपछि मृग मारिएको घटना सार्वजनिक भएको हो ।
मारिएको दुई वटा मृगमध्ये एउटा गोबरगाढा पलारमै राखिएको र अर्को मृगको मासु लिएर डा. झा ट्रयाक्टरमा आउँदै गरेको अवस्थाबाट पाँज जनासहित पक्राउ परेका थिए । तर प्रहरीलाई सूचना दिने स्थानीय एक जना नेताको भनसुनका आधारमा ती चार जना र ट्रयाक्टरलाई छाडिदिएको तथ्यले प्रहरी अनुसन्धान पनि शंका घेरामा पुगेकाे छ ।
यता जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी उपरीक्षक गजुसिद्धी बज्राचार्यका अनुसार पक्राउ परेका झाको साथबाट दुईवटा बोरामा मृगको ३५ केजी मासु, दुईवटा म्याग्जिनमा ६ राउण्ड गोली लाउड भएको दुई नाले राईफल बन्दुक, थप ३५ राउण्ड गोली बरामद भएको छ । यसका अलावा रातीको समयमा अँध्यारो छल्न प्रयोग गरिने थर्मनल क्यामेरासमेत बरामद भएको छ ।
मृगको मासु र हतियासहित पक्राउ परेका झालाई जिल्ला प्रहरी कार्यालय सप्तरीले अनुसन्धान पूरा गरि आवश्यक कारबाहीकोलागि वन डिभिजन सप्तरीको जिम्मा लगाएकाे जानकारी प्रहरी उपरीक्षक बज्राचार्यले जानकारी दिए । “पक्राउ परेका झासँग बन्दुक र गोलीको इजाजत पत्र भएपनि संरक्षित जनावर मृग मार्ने काम गैरकानूनी भएकोले आवश्यक अनुसन्धान पूरा गरेर कारबाहीकोलागि वन डिभिजनकाे जिम्मा लगाईएकाे हाे”, प्रहरी उपरीक्षक बज्राचार्यले भने ।
पछिल्लो केही समयदेखि गोबरगाढा पलारमा जंगली बँदेल र मृगको लगातार चोरी शिकारी भईरहेको छ । उक्त शिकारीको समूहमा स्थानीय केही शिकारीसँगै नेपाल प्रहरीका एक जना अवकाशप्राप्त डीआईजीकोसमेत संलग्नता रहेको छ ।
स्थानीय श्रोतका अनुसार शिकार गरिने बँदेल र मृगको मासु हनुमाननगर कंकालिनी नगरपालिकास्थित नेपाल प्रहरी र सशस्त्र प्रहरीसमक्ष पुग्ने गरेका छन् भने जिल्लास्थित केही राजनीतिक दलका नेता र गणमान्य ब्यक्तिसमक्षसमेत पुग्ने गरेको छ । यतिमात्रै नभई जनकपुर र काठमाण्डौसम्मसमेत बँदेल र मृगको मासु पुर्याउने काम भईरहेको छ ।
यता संगठितरुपमा हुँदै आएको जनावरको तस्करी नियन्त्रण गर्न आफुहरु सक्रिय रहेको सप्तरीका प्रहरी उपरीक्षक बज्राचार्यको दाबी छ । वन डिभिजन कार्यालय सप्तरीका प्रमुख हेमन्त साहले जनावरको शिकारी नियन्त्रण र संलग्नहरुमाथिको कानूनी कारबाहीमा कुनै किसिमिको कमजोरी हुन नदिने दाबी गरे ।
प्रकाशित मिति: २०२४-०२-०२ , समय : २०:१०:०४ , ११ महिना अगाडि