यु -२० महिला एसियन कप छनोट : नेपालले प्यालेस्टाइनलाई ६–० ले हरायाे

मिति: २०२३-०३-०९ , समय : ०६:१५:४९ , गामघर डेस्क

फाइल फाेटाे

गामघर डेस्क

काठमाण्डाै । एएफसी २० वर्षमुनिकाे महिला एसियन कप छनोटमा नेपालले प्यालेस्टाइनलाई हराएकाे छ ।

फैजल हल हुसेइनी इन्टरनेशनल स्टेडियममा भएकाे खेलमा नेपालले घरेलु टाेली प्यालेस्टाइनलाई छ–शून्य गाेल अन्तरले हरायाे । नेपालको जितमा दीपा शाहीले चार गाेल गरिन् । यस्तै गरिमा राईले दुई गोल गरिन् ।

जितसँगै नेपालले तीन अङ्क जाेडेकाे छ । समूह ‘बी’ मा रहेकाे नेपालले अब दाेस्राे खेलमा मार्च १२ मा नर्दन मारियाना आइल्यान्डसँग खेल्नेछ ।

छनोटबाट समूह विजेताले दोस्रो चरणमा स्थान बनाउने छन् । दोस्रो चरण जुन ३ देखि ११ सम्म हुनेछ । याे चरणबाट उत्कृष्ट चार टोलीले उज्वेकिस्तानमा हुने २० वर्षमुनिकाे महिला एसियन कप खेल्नेछन् ।

एएफसी २० वर्षमुनिकाे महिला एसियन कप सन् २०२४ को मार्च ३ देखि १६ सम्म उज्वेकिस्तानमा हुनेछ । यस प्रतियाेगिताका लागि आयाेजना राष्ट्र उज्वेकिस्तानसहित सन् २०१९ मा भएकाे प्रतियाेगिताकाे शीर्ष तीन टाेली स्वतः छनाेट भइसकेका छन् । उज्वेकिस्तानसहित पछिल्लो संस्करणको विजेता जापान, दोस्रो भएको उत्तर कोरिया र तेस्रो भएको दक्षिण कोरिया सिधै छनोट भइसकेका हुन् । उज्यालोबाट

प्रकाशित मिति: २०२३-०३-०९ , समय : ०६:१५:४९ , २ वर्ष अगाडि

यहाँ कमेन्ट गर्नुहोस्
सम्बन्धित